‘सन्जु’ले तोड्यो ‘बाहुबाली २’को रेकर्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
‘सन्जु’ले तोड्यो ‘बाहुबाली २’को रेकर्ड

सारांश

  • रनबिर कपूर स्टारर सिनेमा ‘सन्जु’ले घरेलु बक्स अफिसमा उडान भरेको छ ।
  • हिन्दी सिनेमाको इतिहाँसमै सिंगल डे कलेक्सनमा यसले नयाँ रेकर्ड सेट गर्न सफल भएको हाे ।
  • ‘सन्जु’ले यहाँसम्मकी २०१७ मा रिलिज भएको ‘बाहुबली २’को हिन्दी भर्सनलाई पनि पछाडी पारेको छ ।

रनबिर कपूर स्टारर सिनेमा ‘सन्जु’ले घरेलु बक्स अफिसमा उडान भरेको छ ।

हिन्दी सिनेमाको इतिहाँसमै सिंगल डे कलेक्सनमा यसले नयाँ रेकर्ड सेट गर्न सफल भएको हाे । ‘सन्जु’ले यहाँसम्मकी २०१७ मा रिलिज भएको ‘बाहुबली २’को हिन्दी भर्सनलाई पनि पछाडी पारेको छ ।

पहिलो दिन ३४.७५, दोस्रो दिन ३८.६० करोड कमाई गरेको सिनेमाले तेस्रो दिन अहिलेसम्मकै सर्वाधिक ४६.७१ करोड नेट कमाई गरेको छ । हिन्दी भर्सनको कुरा गर्दा सिंगल डेमा सर्वाधिक कलेक्सनको रेकर्ड ‘बाहुबली २’को नाममा थियो ।

उसले प्रदर्शन तेस्रो दिन ४६.५० करोड कमाई गरेको थियो । त्यस्तै बलिउडमा ‘ह्याप्पी न्यु इयर’ले सिंगल डेमा ४४.९७ करोडको रेकर्ड सेट गरेको थियो ।

‘सन्जु’ तीन दिनको कमाइमै सय करोड क्लबमा पनि समावेश भएको छ । विकेन्ड कलेक्सन १२०.०६ करोड पुग्दा ‘सन्जु’ २०१८ मा पहिलो तीन दिनमा सर्वाधिक कमाउने सिनेमासमेत बनेको छ । यसअघि ‘पद्मावत’ले पाँच दिने विकेन्डमा ११४ करोड कमाइ गरेको थियो ।

राजकुमार हिरानी निर्देशित सिनेमालाई मिस्रित प्रतिक्रिया प्राप्त भएको छ । कत्तिले यसको चौतर्फी चर्चा गरिरहेका छन् भने कतिले संजय दत्तको जीवनका धेरै कुरा नसमेटिएको भन्दै गुनासो पोखेका छन् । कतिले राजकुमार हिरानी जस्तो निर्देशकले संजयको जीवनीलाई पर्दामा उतारेर बक्स अफिसमा सेफ ल्याण्डिङ खोजेको आरोप पनि लगाएका छन् ।

सिनेमामा रनबिरका अलावा परेश रावल, विक्की कौसल, मनिषा कोइराला, अनुष्का शर्मा, दिया मिर्जा, सोनम कपूर, जिम सर्ब लगायतका कलाकारको अभिनय छ । सिनेमा अभिनेता संजय दत्तको जीवनीमा आधारित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?