मालिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २१, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मालिक

सारांश

  • कविता मुख थियो प्याच्च ७० करोड चिप्लिदा लप्सीको गेडो झै चिप्लियो, उछिटियो ।
  • मालिकमा खातिरदारी वा !
  • वा !

कविता

मुख थियो
प्याच्च ७० करोड
चिप्लिदा
लप्सीको गेडो झै
चिप्लियो, उछिटियो ।

मालिकमा खातिरदारी
वा ! वा ! खबर पुर्यायर
जनताको खबर लुकाउँछ
मालिकका झुट सम्पादन गर्छ
उसका लागि जनता छौडा बराबर ।

एउटै कुवाको पानी खाको
राष्ट्रिय सभामा चान्स पाको
कर प्रसाद नामले जगत कहलाको
हुनु पर्ने जगतको खम्बा पिल्लर
तर मालिकको बैसाखी भएर
ट्याक ट्याक हिडिराको ।

ट्याङ्की प्रसाद हो नाम
मालिकको शिर
कर्तुतको खानी
देशको रक्षा यस्तै हो
हनुमानको राम
मालिकको ढाल, तरबार ।

प्रविधिको जमाना
प्रविधिमै गाउनु छ
प्रविधिमै नाच्नु छ
प्रविधिमै बाँच्नु छ
देखाउने नि प्रविधि
लुकाउने नि प्रविधि
मालिकको गुड च्वाइस ।

मालिकलाई काललाई जित्नु छ
त्यसैले त स्वास्थ्यलाई ध्यान दिएर
काललाई ढकालने ढकाल छन
आफु ओछ्यानमा ढुक्कले सुतेर
मालिकका ख्यामीतहरु
मालिक कै च्वाईसमा
ख्यामीतदारी गरि रहेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?