विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?

सारांश

  • काठमाडौँ, २० असार ।
  •   अहिलेसम्म भएका २० विश्वकपमा ६ विश्वकपको उपाधि आयोजक देशले जितेका छन् ।
  • जसमा सन् १९३० मा उरुग्वेले, सन् १९३४ मा इटालीले, सन् १९६६ मा इङल्याण्डले, सन् १९७४ मा पश्चिम जर्मनीले, सन् १९७८ मा अर्जेन्टिनाले र सन् १९९८ मा फ्रान्सले आयोजक बन्दै विश्वकप जितेका थिए ।

काठमाडौँ, २० असार ।  अहिलेसम्म भएका २० विश्वकपमा ६ विश्वकपको उपाधि आयोजक देशले जितेका छन् ।

जसमा सन् १९३० मा उरुग्वेले, सन् १९३४ मा इटालीले, सन् १९६६ मा इङल्याण्डले, सन् १९७४ मा पश्चिम जर्मनीले, सन् १९७८ मा अर्जेन्टिनाले र सन् १९९८ मा फ्रान्सले आयोजक बन्दै विश्वकप जितेका थिए ।

अहिलेसम्म विश्वकपको २१औ संस्करणसम्म आइपुग्दा विश्वकपको आयोजना ब्राजिल, इटाली, फ्रान्स, मेक्सिको र जर्मनीले दुई(दुई पटक गरेका छन् भने स्विटजरल्याण्ड, उरुग्वे, स्विडेन, चिली, इङल्याण्ड, अमेरिका, अर्जेन्टिना, स्पेन, दक्षिण कोरियारजापान, दक्षिण अफ्रीकाले एक एक पटक विश्वकपको आयोजना गरेका छन् ।

त्यस्तै सन् २०२२ को विश्वकप कतारले र २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्तरुपमा आयोजना गर्दै छन् ।

पहिलो विश्वकपको आयोजक उरुग्वे हो । सन १९३० मा भएको पहिलो फूटबल विश्वकपको आयोजक उरुग्वेले नै जितेको थियो । फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ गोल अन्तरले पराजित गर्दै जितेको थियो ।

त्यसपछि सन १९३४ को विश्वकप आयोजना गरेको इटालीले पनि घरेलु मैदानको फाइदा उठाउदै विश्वकपको उपाधि आफैले जितेको थियो । इटालीले फाइनलमा तत्कालिन चेकोस्लोभाकियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले जितेको थियो ।

त्यस्तै पछि सन १९६६ मा विश्वकप इङल्याण्डमा आयोजना भयो । सो विश्वकप घरेलु मैदानको फाइदा उठाउदै इङल्याण्डले नै जितेको थियो । इङल्याण्डले अहिलेसम्म जितेको यो एक मात्र विश्वकपको उपाधि हो । इङल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै तत्कालिन पश्चिम जर्मनी,(अहिले जर्मनी) ले सन् १९७४ मा विश्वकप आयोजना गर्दै उपाधि जितेको थियो । पश्चिम जर्मनीले सो फाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

त्यसपछि विश्वकप आयोजक अर्जेन्टिनाले घरेलु मैदानमा सन १९७८ को विश्वकप जितेको थियो । सो विश्वकपको फाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डसलाई अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यसपछि आयोजकको रुपमा विश्वकप जित्ने छैठौ टिम फ्रान्स हो । फ्रान्सले घरेलु मैदानमा सन १९९८ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो । फाइनल खेलमा फ्रान्सले ब्राजिललाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

विश्वकप आयोजना गरेर सन १९५० मा ब्राजिल फाइनलमा पुगेर उरुग्वेसँग पराजित भएको थियो भने सन् १९५८ मा विश्वकप आयोजना गरेको स्विडेन फाइनलमा पुगेर ब्राजिलसँग पराजित भएको थियो ।

अहिले यस विश्वकपमा आयोजक रसिया क्वाटरफाइनलमा प्रवेश गरे पछि आयोजकले विश्वकप जित्ने विषयको चर्चा हुन थालेको छ । यद्यपी रसिया विश्वकपको उपाधि जितबाट धेरै टाढा रहेको छ तर स्पेनजस्तो महारथी टिमलाई बाहिर गरेर क्वाटरफाइनलमा पुगेको रसियाले अब विश्वकप जित्ला त ?भन्ने चर्चा सुरु भने भएको छ । फाइनलमा पुग्न अब रसियाको अगाडी दुई खेल जित्नु पर्ने छ ।

रसियाले अब खेल्ने खेल हेर्दा रसियाको फाइनलको यात्रा सम्भव भने देखिएको छ । क्वाटरफाइनलमा क्रोसियाको सामना गर्ने छ । क्रोसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । रसियाले क्वाटरफाइनलमा क्रोसियालाई पराजित गरे सेमिफाइनलमा रसियाको सामना स्विडेन, स्विटजरल्याण्ड, इङल्याण्ड वा कोलोम्बिया मध्ये एक टिमसँग हुने छ ।

यसरी हेर्दा अलिकति भाग्यको साथ लिएर अगाडी बढेको रसिया विश्वकपको उपाधि नै नजितेपनि फाइनलसम्म पुग्न भने त्यति गार्हो देखिदैन ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    जित्न सक्छ किन सक्दैन ।

    Comment Author

    Dipendra Bista

    Why not?

    Comment Author

    Narayan Pun

    O

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?