युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
१८ पटक हेरिएको
Shares
युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

सारांश

  • अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ ।
  • रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ ।
  • युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस सेक्रेटरी जोने किर्बीले बताएका छन् ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ ।

युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस सेक्रेटरी जोने किर्बीले बताएका छन् । यसअघि अस्टिन र शोइगुबीच गत फेब्रुअरी १८ मा वार्ता भएको किर्बीले थप जानकारी दिए ।

रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा सोइगु र अस्टिनले युक्रेनको अवस्थालगायत अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल गरेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?