न्यू लुक्समा निरुता (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनय तथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
- ‘नाचिदेउ नाचिदेउ’ बोलमा रहेको आइटम गीतमा निरुता खुलेरै नाचेकी छन् ।
काठमाडौं । अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनय तथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
‘नाचिदेउ नाचिदेउ’ बोलमा रहेको आइटम गीतमा निरुता खुलेरै नाचेकी छन् । निरुतालाई भिडियोमा कृष्ण पराजुलीले साथ दिएका छन् ।
राजधानिमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन् । कलाकारिता र आफ्नो पेशालाई सँगसँगै अघि बढाएकी निरुता मोडलिङमा समेत सक्रिय हुन थालेकी छन् ।
महेश शाहीको स्वर तथा संगीत रहेको गीतमा मिना निरौलाले पनि आवाज भरेकी छन् ।
सत्यराज चौलागाईंको निर्देशन र सुरेन बसेलको कोरियोग्राफमा तयार भएको भिडियोलाई संकल्प भुजेलले खिचेका हुने भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
राजधानीमा बसेर संघर्ष गर्दै गरेकी निरुता मोडलिङ तथा कलाकारीतामा रमाइरहेकी छन् । उनी भन्छिन्, ‘गायन तथा कलाकारिता मेरो सानैदेखिको रुचि हो । भविष्यमा सफल कलाकार बन्ने उनको लक्ष्य छ ।’
प्रतिक्रिया