संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार

सारांश

  • सुर्खेत, २२ असार ।
  •   सुर्खेतको बराहताल गाउँपालिकामा सँगै सुतेकी साथीकै मिलेमतोमा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन।
  • महिनावारी हुँदा छाउगोठमा सुतेकी किशोरीमाथि भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत, २२ असार ।  सुर्खेतको बराहताल गाउँपालिकामा सँगै सुतेकी साथीकै मिलेमतोमा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन।

महिनावारी हुँदा छाउगोठमा सुतेकी किशोरीमाथि भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीका अनुसार राति साढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा पुगेका थिए ।

त्यतिबेला पीडित युवती सुतेकी थिइन् । निर्मला पदमसँग बाहिर निस्किन्। जनक र चेतनले सुरुमा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छाउगोठ निर्मलाको घरदेखि १० मिटर टाढा छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ मा आइतबार राति १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।

प्रहरीका अनुसार पीडित किशोरीको यौनाङ्ग च्यातिएको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    यस्ता भातेहरूकाे मुख किन छाेपेकाे ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन
अमेरिकी पूर्वप्रथम महिला बुसको निधन
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैनः पूर्वराष्ट्रपति यादव
विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैनः पूर्वराष्ट्रपति यादव
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
Nargis Fakhri confirms dating Matt Alonzo with her latest post!
Nargis Fakhri confirms dating Matt Alonzo with her latest post!
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना
आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
रहस्यमय बन्दै घटना, दैलेखमा मगाइएकै थिएन गाई
रहस्यमय बन्दै घटना, दैलेखमा मगाइएकै थिएन गाई
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !

तपाईंले छुटाउनुभयो कि?