सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सारांश
- काठमाडौं, २२ असार।
- प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गेरेको राजनितिक नियुक्ति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
- राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्र देवले सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत गराए ।
काठमाडौं, २२ असार। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गेरेको राजनितिक नियुक्ति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्र देवले सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत गराए । नेपालका कुनै पनि राजनीतिक परिवर्तन सम्भव नभएको भन्दै उनले भने, ‘तपाईंहरु कांग्रेसलाई पराजित गरेर एक्लै हिड्छौं भन्ने दम्भ नपाल्नुस् ।’
कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीहरुले फाइदा लिने भन्दै उनले फेरि सँगै जेल जाने परिस्थिति आउनसक्ने बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया