को को सांसद परे संयुक्त संसदीय सुनुवाई समितिमा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
को को सांसद परे संयुक्त संसदीय सुनुवाई समितिमा ?

सारांश

  • काठमाडौं, २५ असार ।
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय सुनुवाई समिति गठन गरिएको छ ।
  • संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका ३ जना सांसदहरुलाई समेटिएको छ ।

काठमाडौं, २५ असार । प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय सुनुवाई समिति गठन गरिएको छ ।

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका ३ जना सांसदहरुलाई समेटिएको छ । प्रतिनिधिसभाबाट नेपाल कम्युनिष्ट पार्टीका ७, नेपाली कांग्रेसका ३, राजपाका १ र संघीय समाजवादी फोरमबाट १ जना सांसदहरु परेका छन् । त्यस्तै, राष्ट्रियसभाबाट नेकपाका २ जना र नेपाली कांग्रेसका १ जना परेका छन् ।

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट नेकपाका अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट र सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान, पुष्पा भुसाल गौतम परेका छन् । त्यस्तै राजपाका लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरमका राजेन्द्रप्रसाद श्रेष्ठ समितिमा परेका छन् ।

यसैगरी राष्ट्रिय सभाबाट नेकपाका सुमन प्याकुरेल र नन्दा चपाइँ परेका छन् । नेपाली कांग्रेसका जीतेन्द्रनारायण देव पनि सुनुवाई समितिमा परेका छन् ।

(www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?