कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे: योगेश भट्टराई
सारांश
- काठमाडौं , २५ असार।
- नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले कांग्रेस आफू सकिन लागेपछि डा.
- गोविन्द केसीलाई च्यापेको आरोप लगाएका छन्।
काठमाडौं , २५ असार। नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले कांग्रेस आफू सकिन लागेपछि डा. गोविन्द केसीलाई च्यापेको आरोप लगाएका छन्।
भट्टराईले डा. गोविन्द केसी , बालकृष्ण ढुंगेल र गंगामाया अधिकारीको नाममा कांग्रेसले ‘इमोसनल ब्याकमेलिङ’ गर्न खोजेको आरोप लगाएका हुन्।
सोमबार संसदमा कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफलका क्रममा आफूखुसी जुम्लामा गएर अनशन बसेका डा. गोविन्द केसीलाई सरकारले गैरन्यायिक हिरासतमा नराखेको भट्टराईले बताए।
भट्टराईले त्यस्तो झुटो प्रस्ताव अघि सारेर संसदको महत्वपूर्ण समय खेर नफाल्न समेत उनले प्रतिपक्षीलाई आग्रह गरे। उपत्यकामा मेडिकल खोल्ने कि नखोल्ने निर्णय गर्ने अधिकार डा. केसीलाई नभएको उनको भनाई छ।
‘काठमाडौंमा मेडिकल कलेज खोल्ने की नखोल्ने भन्ने अधिकार डा. केसीलाई छैन । यो त नेपालको प्लानिङ कमिसनले अध्ययन र निर्णय लिने कुरा हो’, भट्टराईले भने ।
Om Bhujel
के भयाेत बुडाे गाेरूमराे भकाराे खालिहुनछ
Dansingh Dansingh
सहि
Liladhar Pandey
ए असी वर्ष को बिचार बोक्ने युवा नेता आफ्नो बिचार हो कि केपिको ?
Rishi Ram Aryal
मान्छेलाई सङ्गतले ठुलाे असर पार्छ
Thapa Kaji Babu Ram
साला पागल गुट तेरो काङ्ग्रेस कहिलै सकिँदैन बरु तै सकिन्छस त्यही सकिना लागेरा माओवादी सङग एकता गरेको होइनास पाखन्नी??
Raman Thapa
Boulayaxa yo pani
Gita Dhakal
सही
Eliz Sinjali Magar
थुक्का नाका ?
Yogendra Bikram Adhikari
सङ्गत गुन को फल
Suman Khatri
अब यो सुडो ले नि मासि चामल को भात खाए छ हो
Sabin Shrestha
Thik
Kamal Ban
Yogash ji ko pani khuskeko ho aaba
Prem Raj Giri
कम्निस्ट पार्टिमा पुर्बकाे ऐउटा युवा नेता राम्रो बिचार भकाेछ जस्तो लागेको थियो त्यसको पनि बुद्धि भ्रष्ट भऐछ काङ्ग्रेसलाई सक्किऐकाे देख्नथालेछ हैन चुनावमा भाेट गन्दाखेरि याे पागल भऐछ कि क्याहाे
Ishwar Kunwar
goog
Ram Mani Bhattarai
एकाधिकारवाला र विदेशमा विद्दार्थीपठाउने शैशक्षिक परामर्शदाता भनाउदाहरूको मनोपोलीमा सहायक वनाउन डा के सी प्रयोग गरे ।केसी प्रयोग भए ।कॉड्गरेस ले सत्ता वाहिर वस्ने वानी नपरेकाले यसलाई उचालेको छ । यो तिनै गगन थापा श्वास्थ्य मन्त्री हुदा किन वास्ता नगरेको ?
Harinarayan Khawas
सरकार लाई 2 तिहाई काे भुत छाेडेकाे छैन योगेश जि लाइ k.p को भुतले धामीझाँक्री को मा पठाउनु परला।
Tula Baniya
अब तिमीहरू पनी सकींनी बेला आयों यसताई ताल हों भने!!!