सहिदपुत्रको घाउमा मल्हम चलाउँदै सहिदकै परिवार
सारांश
- काठमाडौं, २४ माघ ।
- भनिन्छ, सर्पको खुट्टा सर्पले नै देख्छ रे ।
- सहिदका परिवारलाई सहिदका समस्याबारे बढी चिन्ता र चासो हुन्छ ।
काठमाडौं, २४ माघ । भनिन्छ, सर्पको खुट्टा सर्पले नै देख्छ रे । सहिदका परिवारलाई सहिदका समस्याबारे बढी चिन्ता र चासो हुन्छ । उनीहरुलाई अरु भन्दा छिटो सहिदका कथाव्यथाले छुन्छ । त्यस्तै भएको छ, भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका क्यान्सरबाट पीडित सहिदपुत्र सन्तोष बुढामगरको जीवनमा पनि ।
क्यान्सर पीडित सहिदपुत्र सन्तोष बुढामगर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । उनको उपचारका लागि झण्डै २० देखि २५ लाख खर्च हुने अनुमान छ । मात्र बाँच्ने सपना बोकेका सहिदपुत्र सन्तोषलाई चारैतिरबाट सहयोग प्राप्त हुन थालेपछि उनमा अलिकति आशा पलाएको छ । र, उनको पीडाले छोएको छ, माओवादी आन्दोलनमा अग्रपंक्तिमा उभिएकी संघर्षशील नेतृ जयपुरी घर्तीलाई । उनले सहिदपुत्र सन्तोषको उपचारका लागि आफूले ५ हजार सहयोग गरेको जानकारी दिँदै उनलाई सहयोग गर्न सबै पक्षसँग आग्रह पनि गरेकी छन् । जयपुरी आफू स्वयं सहिदपत्नी हुन् ।
जनयुद्वको उद्गमस्थल ऐतिहासिक गाउँ थवाङी–रोल्पा–काठमाडौं जनसम्पर्क मञ्चकी उपाध्यक्ष अमला रोका मगरले पनि सन्तोषका लागि ५० हजार सहयोग गरेकी छन् । सन्तोषको जीवनमा छिटै नयाँ बिहानी छाउने आशाका साथ उनले यस्तो सहयोग गर्दै अरुलाई पनि सहयोगी हात अगाडि बढाउन आग्रह गरेकी छन् । अमला रोका स्वयं पनि सहिद परिवारकी सदस्य हुन् ।
हाल बेलायतमा रहेका नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीले पनि सन्तोषको उपचारका लागि १० हजार सहयोग गरेका छन् । उनी जनयुद्धकै सहिद शंकर खपाङ्गीका भाइ हुन् । उनले “एक थुकी सुकी, सय थुकी नदी” भनेझैं सबैको सहयोगले सन्तोषको जीवनरक्षा गर्न सकिने विश्वासका साथ अरुलाई पनि सहयोगी हातहरु अघि बढाउन आग्रह गरेका छन् ।
यता, जनयुद्धकै सहिद भरत ढुङ्गानाकी छोरी कविता ढुङ्गानाले पनि सहिदपुत्र सन्तोषको उपचारका लागि ५ हजार सहयोग गरेकी छन् । माओवादी केन्द्रकी संघर्षशील युवा नेतृ तथा नुवाकोटको बेलकोगढी नगरपालिकाकी उपप्रमुख समेत रहेकी कविताले सन्तोषको उपचारार्थ जुट्न र सहयोग गर्न सबैमा आग्रह पनि गरेकी छन् ।
सन्तोषको सहयोगार्थ अमेरिकाबाट मात्रै १ लाख ४० हजार एकमुष्ट रकम प्राप्त भएको अभियानको नेतृत्व गरिरहेका उपराष्ट्रपतिपुत्र तथा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दीपेश पुनले जानकारी दिए । माडी गाउँपालिका– ५ काजबाङका ओम बुढाको सक्रियतामा उक्त सहयोग प्राप्त भएको दीपेशले बताए । यसका अतिरिक्त विभिन्न पेशा तथा व्यवसायमा रहेका मनका धनी दानवीरहरुबाट धमाधम सहयोग प्राप्त भइरहेको र सन्तोषको जीवनरक्षा गर्न सकिने आशा पलाएको दीपेशको भनाई छ ।
जनस्तरबाट सन्तोषको जीवनरक्षाको पहल भइरहँदा राज्य र उनको आस्थाको धरोहर नेकपा माओवादी केन्द्रले चाहिँ कानमा तेल हालेर बसेका छन् । यसमा भरथेग गर्ने दायित्व यी दुई पक्षको होइन ?
Neena Vetwal
जयपुजि काे हाे केभाेर साथि
Neena Vetwal
जयपुजि काे हाे केभाेर साथि