राप्रपा अध्यक्ष थापाद्वारा यी २० वटा विभागका प्रमुख मनोनीत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
राप्रपा अध्यक्ष थापाद्वारा यी २० वटा विभागका प्रमुख मनोनीत

सारांश

  • काठमाडौं, २८ असार ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २० वटा विभाग तथा समितिहरुका प्रमुख मनोनीत गरेका छन् ।
  • अध्यक्ष थापाले पार्टीको विधानअनुसार प्रमुखहरु मनोनीत गरेको प्रवक्ता भुवन पाठकले जनाएका छन् ।

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २० वटा विभाग तथा समितिहरुका प्रमुख मनोनीत गरेका छन् । अध्यक्ष थापाले पार्टीको विधानअनुसार प्रमुखहरु मनोनीत गरेको प्रवक्ता भुवन पाठकले जनाएका छन् ।

प्रवक्ता पाठकले जारी गरेको विज्ञप्तिका अनुसार सूचना तथा प्रविधि विभागको प्रमुख भने अध्यक्ष थापाले आफै जिम्मा लिएका छन् । त्यस्तै, राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङ, अनुशासन समिति प्रमुख राजीव पराजुली, स्थानीय निकाय परिचालन विभाग प्रमुख टंक ढकाल र पर्यटन विभाग प्रमुखमा दिलविकास राजभण्डारीलाई मनोनीत गरिएको छ ।

अध्यक्ष थापाले संगठन विभागमा राजेन्द्र लिङ्देन, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा जयन्त चन्द, सम्पर्क समाज समन्वय विभागमा भाष्कर भद्रा, आर्थिक विभागमा उद्धव पौडेल, संयोजित संगठन समन्वय विभागमा सुशील श्रेष्ठ, प्रशिक्षण विभागमा भुवन पाठक, न्यायिक समितिमा कुन्ती शाही, प्रचार विभागमा मोहन श्रेष्ठलाई प्रमुखमा मनोनीत गरेका छन् । यसैगरी अनुसन्धान तथा योजना विभागमा डा. विष्णु भण्डारी, खेलकुद विभागमा उद्धव थापा, उद्योग प्रवद्र्धन विभागमा पुष्कर ढुङ्गेल, वाणिज्य क्षेत्र समन्वय विभागमा लक्ष्मीप्रसाद संग्रौला, अपाङ्ग हित प्रवद्र्धन विभागमा निना भेटवाल, प्रवास विभागमा विजय खड्का र कला, साहित्य तथा संस्कृति विभागमा बेटी बज्राचार्यलाई प्रमुखको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?