इरानबाट आईएसका दर्जनौ ‘जासुस’ पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
इरानबाट आईएसका दर्जनौ ‘जासुस’ पक्राउ

सारांश

  • तेहरान ।
  • इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट आइएसका दर्जनौ ‘जासुुस’लाई इरानको प्रहरीले पक्राउ गरेको छ ।
  • गत बुधबार यहाँ भएको आक्रमणको जिहादी समूहले जिम्मेवारी लिएको थियो भने १७ जनाको मृत्यु भएको थियो ।

तेहरान । इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट आइएसका दर्जनौ ‘जासुुस’लाई इरानको प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार यहाँ भएको आक्रमणको जिहादी समूहले जिम्मेवारी लिएको थियो भने १७ जनाको मृत्यु भएको थियो ।

गृह मन्त्रालयले ४१ जना शङ्कास्पद व्यक्तिलाई इरान र टर्कीको सिमानामा पर्ने पश्चिम अजरबैजान, कुर्दिस्तान र केरमान्शाहबाट पक्राउ गरिएको जनाएको छ ।

शङ्कास्पद ती व्यक्तिहरुलाई प्रहरीले आइएस समूहसँग आवद्धता रहेका इरानी विद्रोही ‘एजेण्ट अफ डाईस’ भनेको छ ।

गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा आतङकबादी गतिविधिका लागि उनीहरुले प्रयोग गर्ने कागजपत्र र सरसामानहरु पनि नियन्त्रणमा लिएको जनाइएकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?