राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०८०
|
|
५८ पटक हेरिएको
Shares
राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई

सारांश

  • खोटाङ ।
  • तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ।
  • यही वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिकाले १६ स्वर्ण, ११ कास्य र १२ रजत पदकसहित प्रथम उपाधि उचालेको हो।

खोटाङ । तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ।

यही वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिकाले १६ स्वर्ण, ११ कास्य र १२ रजत पदकसहित प्रथम उपाधि उचालेको हो।

जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयमा अध्ययनरत छात्रछात्रा सहभागी उक्त प्रतियोगितामा छ स्वर्ण, दुई रजत र १२ कास्य पदकसहित साकेला गाउँपालिका दोस्रो, चार स्वर्ण, चार रजत र १० कास्य पदकसहित दिप्रुङ चुइचुम्म गाउँपालिका तेस्रो भएका छन्। दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो तथा दुई स्वर्ण र दुई रजत पदकसहित हलेसी तुवाचुङ गाउँपालिका पाँचौँ भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकाका खेलाडी सहभागी भएका थिए। गत चैत २८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दो विधामा एक सय ३८ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको सो प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य, कबड्डीतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो करातेतर्फ आठ स्वर्ण, आठ रजत र आठ कास्य तथा तेक्वान्दोतर्फ आठ स्वर्ण, आठ रजत, आठ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः रु १५ हजार, रु १२ हजार र रु नौ हजार पुरस्कार प्राप्त गरेका छन्।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८–१८ तथा कराते र तेक्वान्दोमा छ–छ छात्रछात्राले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राईले जानकारी दिइन् ।

(https://mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ११ लाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
माओवादीमा बहस : एकता कि विघटन
माओवादीमा बहस : एकता कि विघटन
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
विमानसँग विहे गर्ने लक्ष्य लिएकी महिला
विमानसँग विहे गर्ने लक्ष्य लिएकी महिला
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट