सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • भारतको उत्तर प्रदेशमा एक महिलाको सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या भएको छ ।
  • सम्भला जिल्लामा पाँच व्यक्तिले ३५ वर्षकी महिलाको सामूहिक बलात्कारपछि नजिकैको मन्दिरमा लगेर जिउँदै जलाएका हुन् ।
  • टाइम्स अफ इन्डियामा छापिएको खबर अनुसार आफूलाई बलात्कारीले जलाउनु पूर्व पीडित महिलाले प्रहरीको हेल्पलाइनमा फोन गरेकी थिइन् ।

भारतको उत्तर प्रदेशमा एक महिलाको सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या भएको छ ।

सम्भला जिल्लामा पाँच व्यक्तिले ३५ वर्षकी महिलाको सामूहिक बलात्कारपछि नजिकैको मन्दिरमा लगेर जिउँदै जलाएका हुन् ।

टाइम्स अफ इन्डियामा छापिएको खबर अनुसार आफूलाई बलात्कारीले जलाउनु पूर्व पीडित महिलाले प्रहरीको हेल्पलाइनमा फोन गरेकी थिइन् । यो जानकारी पीडितका श्रीमानले दिएको खबरमा उल्लेख छ ।

पीडित महिलाका श्रीमान मजदुर हुन् । महिलाले फोन गरे पनि प्रहरीले कुनै सहयोग नगरेको आरोप छ । घरमा सुतिरहेकी महिलालाई पाँच व्यक्तिले पालै पालो बलात्कार गरेको राजपुर प्रहरी चौकीका प्रहरी अधिकारीले बताएका छन् ।

घरमै बलात्कार गरेपछि नजिकैको मन्दिरमा लगेर उनीहरुले महिलालाई जलाएका हुन् ।
बलात्कारपछि पाँचैजना बाहिरिएका थिए, त्यो बेला महिलाले भाइलाई फोन गरेर घटनाबारे जानकारी दिइएकी थिइन्, तर प्रहरी आउनु पूर्व नै बलात्कारी फर्किए अनि महिलालाई घिसारेर बाहिर लगि जलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।महिलाका दुई सन्तान छन् ।

प्रहरीले आरोपित विरुद्ध उजुरीलिएर अनुसन्धान सुरुगरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?