उदयपुर १ मा फेरि नारायण खड्का अगाडि
सारांश
- उदयपुर, मंसिर १४– उदयपुरको क्षेत्र नम्बर १ मा सुरुदेखिनै रोचक प्रतिस्पर्धा भैरहेको छ ।
- नेपाली कांग्रेसका नारायण खड्का र एमाले उम्मेदवार मन्जुकुमारी चौधरीबिच कडा प्रतिस्पर्धा भएको हो ।
- घरि नारायण खड्का र कहिले मन्जुकुमारी चौधरीले उछिन्नु भएको छ ।
उदयपुर, मंसिर १४– उदयपुरको क्षेत्र नम्बर १ मा सुरुदेखिनै रोचक प्रतिस्पर्धा भैरहेको छ । नेपाली कांग्रेसका नारायण खड्का र एमाले उम्मेदवार मन्जुकुमारी चौधरीबिच कडा प्रतिस्पर्धा भएको हो ।
घरि नारायण खड्का र कहिले मन्जुकुमारी चौधरीले उछिन्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार नारायण खड्का २ सय ३७ मतले अगाडि हुनुहुन्छ । खड्काको १५ हजार २ सय ७० र चौधरीको १५ हजार ३३ मत छ । यसअघि तीन क्षेत्र रहेको उदयपुरमा खड्का र चौधरी एक एक क्षेत्रबाट विजयी हुनु भएको थियो ।
उदयपुर क्षेत्र नम्बर २ मा भने माओवादीका सुरेश राई विजयी हुनु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया