विद्यार्थीहरुको आह्वान : कर नतिरेसम्म एनसेल सिम बहिष्कार
सारांश
- काठमाडौं ।
- एनसेलले सरकारले तोकेको पूँजीगत लाभकर नतिरेसम्म सिम बहिष्कार अभियान शुरु भएको छ ।
- निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि जताततै देशभर विरोध भएको छ।
काठमाडौं । एनसेलले सरकारले तोकेको पूँजीगत लाभकर नतिरेसम्म सिम बहिष्कार अभियान शुरु भएको छ ।
निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि जताततै देशभर विरोध भएको छ। वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको लाभकर तिर्न अटेरी गर्ने एनसेलको विरोधमा उसका सिम प्रयोग नगर्न विभिन्न विद्यार्थी संगठनले आह्वान गरेका छन्।
एनसेलले लाभकर तिर्न अनेक बहानाबाजी गरेपछि एनसेलको सिम बहिष्कार अभियान शुरु भएको हो । विभिन्न दलका विद्यार्थी तथा युवा संगठनका नेताले अपिल गरेका छन्। विद्यार्थी तथा युवा संगठनका नेताहरूले विज्ञप्ति जारी गरी एनसेल सिम प्रयोग नगर्न नगराउन सबैलाई आग्रह गरेका हुन्।
नाफाअनुसार कानुनले तोकेको पुँजीगत लाभकर नतिरेर एनसेलले लामो समयदेखि बहानाबाजी गरिरहेको छ। सरकारले निर्धारण गरेको लाभकर बढी भएको भन्दै एनसेलले फेरि सोमबार सर्वोच्च अदालतमा मुद्दा हालेको छ।
प्रतिक्रिया