डा.केसीको आन्दोलनकाे चिकित्सकले नै गरे विरोध

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३१ असार ।
  •   नेपाल प्रगतिशील चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले जुम्लामा अनशनरत डा.
  • गोविन्द केसीका समर्थक चिकित्सकले अति संवेदनशील मानिएको अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएको भन्दै त्यस्तो कार्य नगर्न उनीहरुलाई आग्रह गरेका छन्।

काठमाडौँ, ३१ असार ।  नेपाल प्रगतिशील चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले जुम्लामा अनशनरत डा. गोविन्द केसीका समर्थक चिकित्सकले अति संवेदनशील मानिएको अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएको भन्दै त्यस्तो कार्य नगर्न उनीहरुलाई आग्रह गरेका छन्।

डा. केसीले अनशनका क्रममा आफ्ना कारणले नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार बञ्चित नहोस् भन्दै आएका छन्। तर अनशन लम्बिदै जाँदा डा.केसीको जीवन संकटमा परेको र सरकारले उनका माग पुरा गर्न वार्ता प्रक्रिया अघि नबढाएको भन्दै आकस्मिक सेवा बाहेकका सेवा ठप्प पारेर चिकित्सकहरु सडकमा उत्रिएका छन्।

तर यी दुई संघले भने डा. केसीको माग पुरा गराउने नाममा स्वास्थ्य सेवा नै रोक्नु तीन करोड नेपालीको हित, पेशागत मर्यादा र स्वंय डा. केसीको मान्यता विपरीत भएको दावी गरेका छन्।आइतबार संयुक्तरुपमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले हाल देशमा प्रतिकूल मौसमका कारण उत्पन्न भएको र हुन सक्ने प्रकृतिक प्रकोप तथा महामारी समेतलाई ध्यान दिँदै सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने आन्दोलनमा आफुहरुको समर्थन नरहेको स्पष्ट पारेको छ।

अहिलेको विषम परिस्थितिमा आन्दोलनको स्वरुप परिवर्तन गर्न सबैलाई यी संघले आग्रह समेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र सम्वादबाटै पुनः अनशन बस्न नपर्ने गरी दीर्घकालिन निकास निकाल्न सकिन्छ भन्‍ने हाम्रो विश्वास छ। त्यसका लागि तुरुन्त वार्ता टोली गठन गर्न सरकारसँग माग गर्दछौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?