आज फेरि बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
आज फेरि बढ्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।
  • आइतबार ओरालो लागेर सोमबार स्थिर भएको सुनको मूल्य मंगलबार फेरि बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । आइतबार ओरालो लागेर सोमबार स्थिर भएको सुनको मूल्य मंगलबार फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ९०० ले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य आज १ हजार ४२० रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?