सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी

सारांश

  • कठमाडौं ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने प्रयासमा सरकारले अहिले वार्ता गरिरहेको छ ।
  • जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् ।

कठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने प्रयासमा सरकारले अहिले वार्ता गरिरहेको छ । जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् ।

राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतका राजनीतिक माग पुरा नभए चुनावमा नजाने बताएको छ । तर, सरकार र सत्तारुढ दलहरुले भने संविधान संशोधन चुनावपछि गर्ने भन्दै निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आएको छ ।

यसअघि हिजो भएको वार्तामा राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । तर, सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?