ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध मुद्दा, अदालतकाे यस्ताे अादेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध मुद्दा, अदालतकाे यस्ताे अादेश

सारांश

  • एजेन्सी ।
  • ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै एक महिलाले कम्पनीविरुद्ध मुद्दा हालेकी छन् ।
  • पारपाचुके गरेर एकल जीवन बिताइरहेकी र धनी ब्वाइफ्रेण्डको खोजीमा रहेकी महिलाले ब्वाइफ्रेण्ड पाउन नसकेको र यसबाट आफूलाई नोक्सानी भएको भन्दै कम्पनीमाथि मुद्दा हालेकी हुन् ।

एजेन्सी । ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै एक महिलाले कम्पनीविरुद्ध मुद्दा हालेकी छन् । पारपाचुके गरेर एकल जीवन बिताइरहेकी र धनी ब्वाइफ्रेण्डको खोजीमा रहेकी महिलाले ब्वाइफ्रेण्ड पाउन नसकेको र यसबाट आफूलाई नोक्सानी भएको भन्दै कम्पनीमाथि मुद्दा हालेकी हुन् ।

धनी ब्वाइफ्रेण्डको खोजीमा रहेकी तेरेजा बुर्की नामक महिलाले लण्डनस्थित सेभेण्टी थर्टी नामक डेटिङ एजेन्सीमाथि कम्पनीले धोकाधडी गरेको आरोप लगाउँदै उच्च अदालतमा मुद्दा हालेकी हुन् ।कम्पनीले उनलाई भनेजस्तो पुरुष खोज्न नसकेको र यसैकारण आफूलाई नोक्सान भएको तथा कम्पनीले आफूलाई झूटो आश देखाएको उनको आरोप छ । उनको मुद्दाको सुनुवाइ गर्दै अदालतले डेटिङ कम्पनीद्वारा उसको एक्सक्ल्युसिभ सदस्यता कार्यक्रममार्फत उनलाई झुक्याएको ठहर गरेको छ ।

डेटिङ कम्पनीमा सदस्यताका लागि तेरेजाले ठूलो रकम चुक्ता गरे पनि वाचा गरेअनुसार उचित सेवा भने नदिएका कारण अदालतले कम्पनीलाई दोषी ठहर गरेको हो । सन् २०१३ मा कम्पनीको सदस्यता लिएकी उनी ३ सन्तानकी आमा पनि हुन् । उनले सदस्यतालगायत विभिन्न शीर्षकमा गरेर कम्पनीलाई १२ हजार ६ सय पाउण्ड बुझाएकी थिइन् । भनेजस्तो पुरुष खोजिदिन नसकेपछि उनले सो रकम फिर्तासहित तनाव, निराशाजस्ता उनले भोगेका पिडाको भर्पाइस्वरूप क्षतिपूर्ति तिर्न कम्पनीविरुद्ध मुद्दा हालेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकाे १०० रन पुरा, लक्ष्य टाढा विकेट कम !
नेपालकाे १०० रन पुरा, लक्ष्य टाढा विकेट कम !
पिपलको रुख रोपेर  बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा  बढ्यो लोकप्रियता….
पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
शहीद पार्कमा पुगे प्रधानमन्त्री देउवा
शहीद पार्कमा पुगे प्रधानमन्त्री देउवा
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड
क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड
‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’
‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
नक्क्ली कागजपत्र पेश गरेर गिनिजबुकमा नाम लेखाउने यी हुन् अराेही शेर्पा
नक्क्ली कागजपत्र पेश गरेर गिनिजबुकमा नाम लेखाउने यी हुन् अराेही शेर्पा

तपाईंले छुटाउनुभयो कि?