पद बाँडफाँटको विवादका कारण पार्टी एकता रोकिदैन : नेता रावल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पद बाँडफाँटको विवादका कारण पार्टी एकता रोकिदैन : नेता रावल

सारांश

  • १३ पुस, काठमाण्डौ ।
  • नेकपा एमालेका नेता भिम रावलले एमाले र माओवादीबिचको पार्टी एकता निश्चित भएको दाबी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले चुनाव अघि नै पार्टी एकताको खाका बनिसकेको बताए ।

१३ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले एमाले र माओवादीबिचको पार्टी एकता निश्चित भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले चुनाव अघि नै पार्टी एकताको खाका बनिसकेको बताए ।

बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच पार्टी एकता र नयाँ सरकार गठनका बारेमा छलफल भएको जानकारी रावलले दिए । देशलाई राजनीतिक स्थायित्व दिने विषयमा दुवै नेता सहमत भएको उनले बताए । पार्टी एकताका विषयमा विधि, प्रक्रिया र सम्भावनाका बारेमा छलफल भएको उनले बताए । अध्यक्षद्धयबाहेक पनि अन्य नेतारुबिच पनि एकताका विषयमा छलफल भइरहेको उनको दाबी छ ।

पदीय जिम्मेवारीको विषयमा छलफल भए पनि यही गर्ने भन्ने निष्कर्षमा नपुगेको रावलले जानकारी दिए । पार्टी र सरकारमा जिम्मेवारी बाँडफाँटको विषयमा छिटै टुङ्गोमा पुगिने उनले बताए । प्रधानमन्त्री र पार्टी अध्यक्ष कोको बन्छ भन्ने धमलाको प्रश्नमा रावलले शीर्ष तहमा छलफल गरेर टुङ्ग्याइने बताए ।

पदीय जिम्मेवारी कसले लिने भन्नेमा दुवै दल केन्द्रित नभएको रावलको दाबी छ । राजनीतिक स्थायित्व र समृद्धिको कुरा पहिलो प्राथमिकता भएको बताउँदै उनले पदीय जिम्मेवारीका कारण पार्टी एकतामा विवाद नआउने दाबी गरे ।

विहिबार नेकपा एमालेको स्थायी समितिको बैठक बसेपछि एकता प्रक्रियाले गति लिनेसमेत उतले बताए । पार्टी एकता संयोजन समितिको बैठक पनि छिटै बस्ने र त्यसपछि एकता प्रक्रियाले नयाँ मोड लिने रावलको भनाई छ । प्रधानमन्त्रीमा आलोपालो प्रणाली नहुने बताउँदै उनले एउटै पार्टी बनिसकेपछि आलोपालोको आवश्यकता नै नहुने रावलले बताए ।रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?