सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
सारांश
- कठमाडौं ।
- प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने प्रयासमा सरकारले अहिले वार्ता गरिरहेको छ ।
- जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् ।
कठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने प्रयासमा सरकारले अहिले वार्ता गरिरहेको छ । जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् ।
राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतका राजनीतिक माग पुरा नभए चुनावमा नजाने बताएको छ । तर, सरकार र सत्तारुढ दलहरुले भने संविधान संशोधन चुनावपछि गर्ने भन्दै निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आएको छ ।
यसअघि हिजो भएको वार्तामा राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । तर, सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया