प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ : डा. महत

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०७४
|
|
६२ पटक हेरिएको
Shares
प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ : डा. महत

सारांश

  • ८ जेठ, काठमाडौं ।
  • सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.
  • रामशरण महतले वर्तमान सरकार कामचलाउ सरकार भैसकेकोले बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने स्पष्ट पारेका छन् ।
८ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार कामचलाउ सरकार भैसकेकोले बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने स्पष्ट पारेका छन् ।

तर, उनले संविधानले पूर्ण बजेट ल्याउनबाट भने बञ्चित नगरेको बताए ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले निर्वाचन आचारसंहिताका कारण पनि बजेट कामचलाउ मात्रै ल्याउनुपर्ने बताएका हुन् ।

‘निर्वाचन आचारसंहिताका कारण पनि नीति तथा कार्यक्रम बाँधिएको छ,’ उनले भने,’अहिले भएका कार्यक्रमहरुलाई निरन्तरता दिने हो, भएका कार्यक्रमहरुलाई कार्यान्वयन गर्नेतिर जोड दिनुपर्छ ।’

पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले यो पटकको बजेटमा भुकम्पपछिको पूर्नःनिर्माणमा भने विशेष ध्यान दिनुपर्ने बताए ।

नेता महतले सरकारले ल्याउने काम चलाउ बजेटमा नयाँ कर लगाउन नसक्ने समेत स्पष्ट पारे ।

त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग भएको भद्र सहमति अनुसार मंगलबारसम्म राजिनामा दिने विश्वास लिएको बताए ।

‘उहाँले राजिनामा दिनुहुन्छ, हुन त चैत्र मसान्तभित्रै राजिनामा दिने कुरा थियो तर पहिलो चरणको निर्वाचन बैशाख ३१ गते भएकोले बैशाख मसान्तभित्रै राजिनामा दिने कुरा भया, उनले भने, ‘अहिले ४ गते दिने भनियो, फेरि ८ गते भनिएको थियो तर, अहिले किन ढिला भैरहेको छ, मैल बुझेको छैन ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच जना यात्रु रहेको हेलिकोप्टर गोरखाको मनास्लुबाट सम्पर्कविहीन !
चिनियाँ बिदेशमन्त्री नेपालमा
चिनियाँ बिदेशमन्त्री नेपालमा
कुनै हालतमा पार्टी विभाजन हुन नदिनेस् प्रचण्ड
कुनै हालतमा पार्टी विभाजन हुन नदिनेस् प्रचण्ड
कुलमान भन्छन्‘ नौ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई ७ अर्ब नाफामा पुर्याए’
कुलमान भन्छन्‘ नौ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई ७ अर्ब नाफामा पुर्याए’
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
आजको मौसमः कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने
आजको मौसमः कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने
सेती नदीमा खसेका एक युवा बेपत्ता
सेती नदीमा खसेका एक युवा बेपत्ता
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा
ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ
ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ