राजपाले गर्यो फरार अभियुक्तलाई राज्यमन्त्रीमा सिफारिस
सारांश
- काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ ।
- राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।
- मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।
काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।
मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो । तर प्रहरीले उनलाई फरार रहेको भन्दै हालसम्म पक्राउ गरेको छैन ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया