बैतडीमा पहिराेले पुरिएर एक मजदुरकाे मृत्यु
सारांश
- बैतडी, ९ साउन ।
- पहिरोमा पुरिएर दार्चुलामा एकजना मजदूरको मृत्यु भएको छ ।
- बुधबार बिहान शैल्यशिखर नगरपालिका २ का २२ वर्षीय मदन अाेडकाे पहिराेमा पुरिएर मृत्यु भएकाे हाे ।
बैतडी, ९ साउन । पहिरोमा पुरिएर दार्चुलामा एकजना मजदूरको मृत्यु भएको छ ।
बुधबार बिहान शैल्यशिखर नगरपालिका २ का २२ वर्षीय मदन अाेडकाे पहिराेमा पुरिएर मृत्यु भएकाे हाे ।
बुधबार बिहान सुतिहेका बेला माथिबाट अाएकाे पहिराेमा पुरिएर अाेडकाे घटना स्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।
मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला बाँजका मानसिंह विकको घर निर्माणको काम गरिरहेका प्रहरीले बताएको छ ।
सँगै सुतेका अन्य मजदूर भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृतक ओडको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया