वरुण र अनुष्काको नयाँ अवतार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
वरुण र अनुष्काको नयाँ अवतार

सारांश

  • वरुण धवनको एक पछि अर्को हिल्म पश्चात अब सुई धागा लाई लिएर निकै चर्चामा आईरहेका छन् ।
  • उनीसँग मुख्य भूमिकामा हुनेछन् सफल अभिनेत्री अनुष्का शर्मा ।
  • अनुष्का र वरुण यो फिल्ममा दर्जीको भूमिकामा देखिँदैछन् ।

वरुण धवनको एक पछि अर्को हिल्म पश्चात अब सुई धागा लाई लिएर निकै चर्चामा आईरहेका छन् । उनीसँग मुख्य भूमिकामा हुनेछन् सफल अभिनेत्री अनुष्का शर्मा । अनुष्का र वरुण यो फिल्ममा दर्जीको भूमिकामा देखिँदैछन् ।

फिल्मको प्रमोशनका लागि भारतका १० ठूला शहरहरु चुनिएका छन् । जसमा वरुण र अनुश्का पनि निकै उत्साहका साथ हिँडिरहेका छन्। निकै लामो समय देखि शुटिङ् चलिरहेको यस फिल्मको प्रतिक्षा धेरैलाई छ खासगरी वरुण र अनुष्काका फ्यान यो फिल्मलाई लिएर निकै उत्साहित छन् । फिल्मको ट्रेलर २८ सितम्बरमा रिलिज हुनेछ ।

फिल्मको प्रमोशनको समयमा मुख्य कलाकारहरु ति शहरका सिलार्इ काम गर्ने सर्वसाधारणलाई भेट्ने र फिल्मको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । यस्ता फिल्मले गर्दा युवाहरुमा कामप्रतिको सम्मान बढ्ने निर्माता मनिष शर्माको भनाई छ ।
वरुण यस्तो रोला पहिलो पटक देखिँदै छन् भने अनुश्का र वरुणको यो पहिलो फिल्म हुनेछ । फिल्मको निर्देशन शरत कटारियाले गर्दैछन् भने यो यशराज फिल्मसको व्यानरमा तयार पारिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?