राजस्व नतिर्नेमाथि छानबिन हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
राजस्व नतिर्नेमाथि छानबिन हुने

सारांश

  • विराटनगर ।
  • आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ ।
  •    अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ ।
  
अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।
  
उनीहरु व्यावसायिक औद्योगिक घराना मुरारका समूहसँग भने आबद्ध नरहेको पनि स्पष्ट गरिएको छ । यी उद्योगले लामो समयदेखि कर नबुझाएकाले असुलउपरका लागि प्रक्रिया अघि बढाइने डा क्षेत्रीको भनाइ छ ।
  
त्यस्तै मोरङको बेलबारीस्थित ओम साइबाबा क्रसर उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महशुल करिब रु ४९ लाख बक्यौतामा राखेको नेपाल विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा क्षेत्रीले राजस्वका विषयमा छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिमेकी जिल्ला समेटेर एकीकृत विकास :  अध्यक्ष दाहाल
छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष दाहाल
काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने
काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा
भिटेनको ‘कथा’ ट्रेन्डिङ नम्बर एकमा !
भिटेनको ‘कथा’ ट्रेन्डिङ नम्बर एकमा !
म्यान्मार सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चल्ने
म्यान्मार सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चल्ने
काठमाडौं महानगरपालिकामा कस्ले मार्ला बाजी
काठमाडौं महानगरपालिकामा कस्ले मार्ला बाजी
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित