टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
सारांश
- शिखरन्युज, १० साउन।
- काठमाडौं उपत्यकाभित्र टिपरका कारण दिनहुँ धेरै दुर्घटनामा परी ज्यान गुमाउनु परेको छ ।
- दुर्घटना रोक्न प्रहरीले ‘लेफ्ट र राइट’ लेनको नियम ल्याएको छ।
शिखरन्युज, १० साउन। काठमाडौं उपत्यकाभित्र टिपरका कारण दिनहुँ धेरै दुर्घटनामा परी ज्यान गुमाउनु परेको छ । दुर्घटना रोक्न प्रहरीले ‘लेफ्ट र राइट’ लेनको नियम ल्याएको छ।
नयाँ लेनको नियम अनुसार टिपर, ट्यांकर जस्ता भारी सवारी साधन देब्रे साइड च्यापेर चलाउनुपर्नेछ । त्यसैगरी साना सवारी साधन मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान बाटोको दाहिने साइड च्यापेर चलाउनुपर्ने नियम ल्याएको हो ।
बढ्दो दुर्घटना न्युनिकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले लेफ्ट लेन र राइट लेनको अवधारणा अघि सारेको हो। महाशाखाका अनुसार साउन १ गतेबाट लेफ्ट र राइट लेन नियम लागू गरेको हो ।
ट्रफिक प्रहरीका अनुसार जाने र आउने ४ लेनको सडकमा लेफ्ट लेनबाट मालबाहक सवारी साधन गुड्नुपर्नेछ । देब्रेतिरबाट ट्रक, टिपरहरु, ग्रेडर, ट्यांकर तथा बढी भार बोकेका भाडाका सवारी साधन गुड्नुपर्नेछ ।
त्यसैगरी, दुई पांग्रे मोटरसाइकल, चारपांग्रे कार, जिप, सरकारी गाडीहरु दाहिने लेनबाट गुड्नेगरी नियम बनाइएको हो । दायाँ बायाँ लेनको नयाँ नियमले राजधानीमा हुने सडक दुर्घटना कम गर्ने आसा गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस वर्ष उपत्यकामा मात्रै टिपर दुर्घटनाबाट २१ जनाले ज्यान गुमाएका छन्। यस वर्ष ट्रक र मिनी ट्रक दुर्घटनामा परी २० जनाको ज्यान गएको छ । महाशाखाको तथ्यांक अनुसार कन्टेनर ५, ट्यांकर ६, दमकल र जेसीबी २, ट्याक्टर २, ग्रेडर १ गरी ५७ जनाले मालबाहक सवारी दुर्घटनामा ज्यान गुमाएको तथ्यांक छ ।
प्रतिक्रिया