तुलसीपुरमा मेयर कप फुटबल जेठ २५ बाट प्रारम्भ हुने
सारांश
- दाड, ३१ बैशाख ।
- तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वडास्तरीय पुरुष फुटवल र दाङ जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता जेठ २५ गतेबाट हुने भएको छ ।
- उपमहानगरपालिकामा वसेको बैठकले प्रतियोगिता सञ्चालनको निर्णय गरेको हो ।
दाड, ३१ बैशाख । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वडास्तरीय पुरुष फुटवल र दाङ जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता जेठ २५ गतेबाट हुने भएको छ । उपमहानगरपालिकामा वसेको बैठकले प्रतियोगिता सञ्चालनको निर्णय गरेको हो ।
उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले खेल र खेलाडीको प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गर्न थालेको मेयर कप प्रतियोगिताका संयोजक अमर नेपाली माइकलले जानकारी दिए ।
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका पुरुष खेलाडी र जिल्लाभरका महिला खेलाडीहरुले भाग लिन पाउने पनि संयोजक नेपालीले बताए । उनले प्रतियोगितामा भाग लिनका लागि वडाको सिफारिससँगै सम्वन्धित वडाको बासिन्दा भएको कागजात पेस गर्नुपर्ने प्रावधान रहेको जिल्ला फुटवल संघका अध्यक्ष सुशील श्रेष्ठले जानकारी गराए ।
तुलसीपुरको अरनिको मैदानमा हुने खेलमा सहभागिताका लागि उपमहानगरपालिकाले आव्हान गरेको छ । प्रतियोगिता सञ्चालनका लागि बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड समेत गरेको छ । प्रतियोगितालाई भव्य तरिकाले सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक वसन्तविवश आचार्यले जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले खेल र खेलाडीको संरक्षण र प्रवद्र्धन गर्नका लागि मेयर कप सञ्चालन गर्दै आएको मेयर कप प्रतियोगिता आयोजक समितिका सदस्य दीपक कुमालले जानकारी दिए । कुमालका अनुसार यसै आर्थिक वर्षमा अन्य प्रतियोगिताहरु समेत उपमहानगरपालिकाले आयोजना गर्ने भएको छ ।
प्रतिक्रिया