भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • रुकुम, ११ फागुन , रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।
  • नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।
  • विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएका उहाँले चार वर्षको अवधिमा रु ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताउनुभयो ।

रुकुम, ११ फागुन , रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।

नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएका उहाँले चार वर्षको अवधिमा रु ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताउनुभयो ।

सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले उहाँले भैँसीपालन शुरु गर्नुभएको थियो । अहिले गौतमले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्दै आउनुभएको छ । भैँसीपालन शुरु गरेपछि पर्याप्त आम्दानी लिन सकिएको उहाँको भनाइ छ । हाल उहाँसँग छ वटा भैँसी र एउटा गाई रहेकामा चार वटा भैँसी र एउटा गाई दुहुना रहेको छ ।

उहाँले अहिले बजारमा प्रतिलिटर रु ५० मा दूध बिक्री गर्ने गरेको बताउनुभयो । चार वर्षअघिसम्म आफैँ रोजगारी खोज्दै हिँड्ने गौतमले अहिले अन्य दुई जनालाई रोजगारी दिनुभएको छ ।

“पहिले म जागिरकै लागि धेरै भौँतारिएँ, अहिले भैँसीपालनबाट मनग्य आम्दानी भइरहेको,” उहाँले भन्नुभयो । उहाँले दूधसँगै कम्पोष्ट मल बिक्री गरेर आम्दानी गरिरहनुभएको छ । गौतम सदरमुकामको पहिलो व्यावसायिक भैँसीपालक तथा दूध उत्पादक हुनुहुन्छ । खलंगा बजारमा दूधको आवश्यकता बढ्दै जाँदा भैँसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि आफू यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।

बजारमा बढिरहेको दूधको माग परम्परागत रूपमा गरिएको भैँसी तथा गाईपालनबाट पूर्ति हुन सम्भव छैन । यही अवसरलाई छोपेका गौतम आफूलाई युवा उद्यमीका रूपमा स्थापित गर्न सफल हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
आजको मौसमः उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना
आजको मौसमः उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना
अाेमानकाे दाेस्राे विकेट पतन, सेट ब्याट्सम्यान जितेन्द्र सन्दिपकाे बलमा रनअाउट
अाेमानकाे दाेस्राे विकेट पतन, सेट ब्याट्सम्यान जितेन्द्र सन्दिपकाे बलमा रनअाउट
भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली
भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
लगानी बढाउनु सरकारको प्राथमिकता – प्रधानमन्त्री
लगानी बढाउनु सरकारको प्राथमिकता – प्रधानमन्त्री
निर्मला हत्या प्रकरण: पत्रकारले खाेले रहस्य !
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
कथा : लाहुरे
कथा : लाहुरे

तपाईंले छुटाउनुभयो कि?