मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
सारांश
- भक्तपुर ।
- अरनिको राजमार्ग अन्र्तगत भक्तपुर सूर्यविनायक भातेढिकुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छने एकजना घाइते भएका छन्।
- कारको ठक्करबाट आइतबार मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका ६ का ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको प्रहरीले जनाएको छ भने पछाडि सवार काठमाडौं महानगरपालिका ३० बस्ने ३९ वर्षीय पञ्च खड्गी घाइते भएका छन्।
भक्तपुर । अरनिको राजमार्ग अन्र्तगत भक्तपुर सूर्यविनायक भातेढिकुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छने एकजना घाइते भएका छन्।
कारको ठक्करबाट आइतबार मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका ६ का ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको प्रहरीले जनाएको छ भने पछाडि सवार काठमाडौं महानगरपालिका ३० बस्ने ३९ वर्षीय पञ्च खड्गी घाइते भएका छन्।
भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ४९ प ५४२७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा १९ प ५०८९ नम्बरको कारले ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कार र मोटरसाइकल दुवैलाई तत्काल उपचारको लागि भक्तपुरको मध्यपुर अस्पताल पुराइएको थियो । उपचारकै क्रममा लामालाई अस्प्तालले मृत घोषित गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया