चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने

सारांश

  • काठमाडाै, १२ साउन ।
  • नेपाली र चिनियाँ सेनाबीच ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण अन्तर्गत संयुक्त सैन्य अभ्यास हुने चिनियाँ रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
  • बिहीबार बेइजिङमा भएको रक्षा मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा रक्षा मन्त्रालय अन्तर्गत सूचना विभागका उपनिर्देशक एवं रक्षा प्रवक्ता रन क्वोछियाङले यस कुराको पुष्टि गरेका हुन्।

काठमाडाै, १२ साउन । नेपाली र चिनियाँ सेनाबीच ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण अन्तर्गत संयुक्त सैन्य अभ्यास हुने चिनियाँ रक्षा मन्त्रालयले पुष्टि गरेको छ। बिहीबार बेइजिङमा भएको रक्षा मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा रक्षा मन्त्रालय अन्तर्गत सूचना विभागका उपनिर्देशक एवं रक्षा प्रवक्ता रन क्वोछियाङले यस कुराको पुष्टि गरेका हुन्। संभवतः यही संयुक्त सैन्य अभ्यासको तयारीलाई मुख्य एजेण्डा बनाएर चिनियाँ जनमुक्ति सेनाको छङ्तु सैन्य कमाण्डका प्रमुख जनरल झु झुचेङ नेपाल भ्रमणमा पनि आउँदैछन्।

रक्षा प्रवक्ता क्वोछियाङले भने, ‘दुई देशको सैन्य पक्षबीच आदानप्रदानको योजना अनुरूप चीन र नेपालले यसै वर्ष संयुक्त रूपमा आतंकवाद प्रतिरोधी अभ्यास गर्नेछन्। सैन्य अभ्यासको विशेष व्यवस्थाबारे दुवै पक्षबीच छलफल भैरहेको छ।’पत्रकार सम्मेलनमा सहभागी पत्रकारले भारतीय संचारमाध्यमलाई उद्धृत गर्दै सेप्टेम्बर १७ मा नेपाल र चीनको सैन्य पक्षबीच संयुक्त अभ्यास हुन लागेकोबारे प्रश्न सोधेपछि रक्षा प्रवक्ता रनले ‘दुई देशको सैन्य पक्षबीच यसै वर्ष संयुक्त सैन्य अभ्यास हुने’ जवाफ दिएका हुन्। केही दिन अघि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छङ्तुमा हुने सार्वजनिक भएको थियो। यसअघि नेपाल–चीन पहिलो संयुक्त सैन्य अभ्यास नेपालमा भएको थियो।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shikhar News

    test

    Comment Author

    Milan Xr

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?