बरिष्ठ पत्रकार को हिमालय होटलद्धारा बिजुली चोरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बरिष्ठ पत्रकार को हिमालय होटलद्धारा बिजुली चोरी

सारांश

  • काठमाडौं, १८ असार।
  •   काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय होटलद्धारा बिजुली चोरेको फेला परेको छ ।
  • उक्त होटल बरिष्ठ पत्रकार कनकमणि दिक्षितको भएको खुलेको छ ।

काठमाडौं, १८ असार।  काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय होटलद्धारा बिजुली चोरेको फेला परेको छ ।

उक्त होटल बरिष्ठ पत्रकार कनकमणि दिक्षितको भएको खुलेको छ । सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले सो होटलले विद्युत प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको हो । टोलीले होटलको सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवकाअनुसार होटलले २०६४ सालमा गार्हस्र्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर विद्युत चोरी गरी थ्रिफेज लाईनबाटै विद्युत चोरी गरेको फेला परेको छ । ‘मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै विजुली प्रयोग गरेको दखिन्छ, जुन ज्यादै अस्वाभाविक छ’,उनले भने, ‘त्यहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुन्छ, विजुली चोरी गरेर प्रयोग गरिरहेको पत्ता लगाएका छौं ।’ उनले सोमबार विस्तृत मूल्याङकनपछि जरिवाना सहितको महशुल निर्धारण हुने जानकारी दिए । यसअघि काभ्रेमै विद्युत चोरी गर्ने वडाध्यक्ष पक्राउ परेका थिए ।

उनी जरिवानासहितको महशुल तिरेर रिहा भएका छन् । गृह मन्त्री रामबगहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको केही अघिको  बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।

यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम गरिरहेका छन् ।

प्राधिकरणले विद्युत चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माईकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्ने लगायतका काम अभियानकैरुपमा मुलुकभरी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?