२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा
सारांश
- आमिर खानले गुलशन कुमार बायोपिकसँगै २०१९ को क्रिसमस पनि लक गरेका छन् ।
- सुवाष कुपूरको निर्देशनमा बन्दै गरेको फिल्म गुलशन कुमारको छायांकन छिटै सुरु हुँदैछ ।
- यो क्रिसमसमा रिलिज हुन लागेको सातौँ फिल्म हुनेछ ।
आमिर खानले गुलशन कुमार बायोपिकसँगै २०१९ को क्रिसमस पनि लक गरेका छन् । सुवाष कुपूरको निर्देशनमा बन्दै गरेको फिल्म गुलशन कुमारको छायांकन छिटै सुरु हुँदैछ । यो क्रिसमसमा रिलिज हुन लागेको सातौँ फिल्म हुनेछ ।
२००७ देखि २०१६ क्रिसमस सम्ममा आमिरका ६ फिल्म रिलिज भैसकेका छन् र सबै फिल्महरुले किर्तिमानी कमाई पनि गरे । आमिरले सन २००७ मा तारे जमिन पर सँगै क्रिसमस कब्जा गरेका थिए जुन क्रम अहिले सम्म पनि जारि छ । हरेक वर्षको क्रिसमसमा सबैलाई आमिरको फिल्मको प्रतिक्षा रहने गर्छ । आमिर वर्षमा एउटा फिल्म लिएर आउँछन् र त्यस वर्षको सबैभन्दा बढि कमाउने फिल्म दिएर जान्छन् । जुन वर्ष आमिरको फिल्म क्रिसमसमा रिलिज हुँदैन त्यो वर्ष अन्य निर्माताले डेट लक गर्छन्। जस्तो २०१७ को क्रिसमसमा सलमान खानको रेस ३ रिलिज भएको थियो।
विभिन्न वर्षका क्रिसमसमा रिलिज भएका आमिर खानका फिल्म
तारे जमिन पर

तारे जमिन पर २००७ को क्रिसमसमा आएको सुपरहिट सिनेमा हो । १८ करोड बजेटमा बनेको यस फिल्मले ६२ करोडको कमाई गरेको थियो जुन त्यतिबेलाको किर्तिमानी व्यापार हो ।
गजनी

गजनी २००८ मा रिलिज भएको ऐतिहासिक बलिउड सिनेमा हो । जसले सबैभन्दा पहिले १०० करोड कमाएको थियो । यसको कुल कमाई ११५ रह्यो ।
३ इडियट्स

२००९ को ब्लकबास्टर फिल्म ३ इडियट्सले पनि अघिल्ला फिल्मले जस्तै किर्तिमान राख्यो । यो २०० करोड क्लबमा छिर्ने पहिलो फिल्म हो ।
धूम ३

धूम ३ ले पनि २७४ करोडको कमाई गरेर किर्तिमान बनाएको थियो ।
पिके

पिके २०१५को क्रिसमसमा रिलिज भएको उत्कृष्ट सिनेमा हो । जसले बलिउडमा ३०० करोड क्लबमा पहिलो पटक हाँजिरी लायो । उक्त फिल्मले कुल ३४० करोडको व्यापार गरेको थियो ।
दंगल

दंगल २०१६ को सबैभन्दा उत्कृष्ट फिल्म हो । जसले ३८७ करोडको शानदार कमाई गरेको थियो ।
प्रतिक्रिया