प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ

सारांश

  • हेटौडा , १३ श्रावण ।
  • मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको कास्की जिल्लामा सरुवा भएको छ भने मकवानपुरमा सिन्धुपाल्चोकबाट आसमान तामांगको सरुवा भएको छ ।
  • मकवानपुरबाट सरुवा भएपछि उनको बिभिन्न संघसंस्थाहरुले बिदाइ कार्यक्रम गरिरहेका छन्।

हेटौडा , १३ श्रावण । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको कास्की जिल्लामा सरुवा भएको छ भने मकवानपुरमा सिन्धुपाल्चोकबाट आसमान तामांगको सरुवा भएको छ ।

मकवानपुरबाट सरुवा भएपछि उनको बिभिन्न संघसंस्थाहरुले बिदाइ कार्यक्रम गरिरहेका छन्। मकवानपुर उद्योग बाणिज्य संघले बिदाइ शनिबार नै गरिसकेको छ भने जिल्ला समन्वय समिति मकवानपुरले पनि आज एक कार्यक्रमको आयोजना गरि उनकाे बिदाइ गरेको छ । जिल्ला समन्वय समितिका रामकृष्ण थापाले संचालन गर्नु भएको कार्यक्रममा स्थानीय बिकाश अधिकारी , प्रमुख जिल्ला अधिकारी लगायत जिल्ल्ला समन्वय समितिका अध्यक्ष रघु खुलालले आफ्नो मन्तब्य राखेका थिए। स्थानीय बिकाश अधिकारी नारायण प्रसाद मैनालीले समग्र निजामती कर्मचारीको नेतृत्व गर्नु भएका प्रमुख जिल्ला अधिकारीले समग्र कर्मचारीको शिर उचो गरेको बताउदै प्रमुख जिल्ला अधिकारी बुढा व्यवहारमा सरल र निर्णयमा दृढ रहेको भन्दै वहाको कार्यशैलीको प्रसंशा गरे।

यसैगरी प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आफुले स्थानीय बिकाश अधिकारीको रुपमा अन्य ठाउमा काम गरेको भएपनि प्रमुख जिल्ला अधिकारीको रुपमा यो जिल्ला पहिलो रहेको बताए । जिल्लामा शान्ति सुरक्षा लगायत अमन चयन कायम गराउन राजनीतिक दल लगायत नागरिक समाजको समेत उलेख्य सहयोग रहेको बताउदै एतिहासिक चुनाब शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुमा सबैको साथ् र सहयोग रहेको बताए । आफ्नो ११ महिना ३ दिनको कार्यकालमा सर्वसाधारणलाई दिने सेवा छिटो र छरितो बनाएको बताउदै प्रतिनिधिहरुलाई समेत फोन गरिदिएर समस्यामा सहजीकरण गरेको बताए।

प्रदेशको राजधानी हेटौडा भएकोमा सम्पूर्ण मकवानपुरबासीलाइ बधाई दिदै जिम्मेवारीको सिलशिलामा अहिले बाहिर भएपनि पुन यो ठाउमा मन्त्रालयको जिम्मेवारीमा आउन सक्ने तर्फ इंगित गरे । कार्यक्रमका अध्यक्षता गरि रहनु भएका जिल्ला समन्वय समितिका अध्यक्ष रघु खुलालले जस्तोसुकै समस्या आउदा पनि छलपलबाट निकास निकाल्ने क्षमताको प्रशंशा गर्दै प्रमुख जिल्ला अधिकारी बुढाबाट धेरै कुरा सिक्ने मौका मिलेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’
‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत
कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै
सार्वजनिक भइसकेको १३ नतिजा मध्ये एमाले पहिलो, कसले कहाँ कति जिते
सार्वजनिक भइसकेको १३ नतिजा मध्ये एमाले पहिलो, कसले कहाँ कति जिते

तपाईंले छुटाउनुभयो कि?