नवीनलाई ‘वान्स मोर’ को बर्षा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
नवीनलाई ‘वान्स मोर’ को बर्षा

सारांश

  • सिन्धुली, पुस ९ ।
  •  सिन्धुलीको साखा माडीमा जारी महोत्सवमा गायक नवीन पौडेलले हजारौँ हजार दर्शकलाई धित मरुन्जेल नचाएका छन् ।
  • श्रोता दर्शकको भावनाअनुसारका गीत गाउन र उपस्थित दर्शकलाई होल्ड गर्न सक्ने खुबी भएका पौडेलले आफ्ना नयाँ तथा पुराना गीत गाएर भरपुर मनोरन्जन प्रदान गरेका हुन् ।

सिन्धुली, पुस ९ । सिन्धुलीको साखा माडीमा जारी महोत्सवमा गायक नवीन पौडेलले हजारौँ हजार दर्शकलाई धित मरुन्जेल नचाएका छन् । श्रोता दर्शकको भावनाअनुसारका गीत गाउन र उपस्थित दर्शकलाई होल्ड गर्न सक्ने खुबी भएका पौडेलले आफ्ना नयाँ तथा पुराना गीत गाएर भरपुर मनोरन्जन प्रदान गरेका हुन् ।

सिन्धुली जिल्लाको साखा माडीमा पहिलो चोटि आयोजना गरिएको महोत्सवमा अहिलेका निक्कै ब्व्यस्त गायक पौडेलले भर्खरै बजारमा उपलब्ध गराएको निक्कै समसामयिक यथार्थपरक तथा महिला मैत्री गीत ‘फुलेको तोरीलाइ बैँशा आकि छोरीलाई जोगाउनै गाह्रो’ प्रस्तुत गर्दा दर्शक दिर्घाबाट हुटिङ तथा तालीको गडगडाहटले स्वागत गरेका थिए । उनले ‘बैनी कति जाती पानी माग्दा मैदिनी एक्लै हुदा सैंदिनी’ लगायतका एक दर्जन बढि गीतहरु प्रस्तुत गरेका थिए । नवीनका हरेक गीत र प्रस्तुतिमा दशर््कबाट ‘वान्स मोर’ को आवाज गुन्जिरहेको हुन्थ्यो ।

महोत्सव आयोजक संस्थाका अध्यक्ष पोस्ट तामाङले भने, ‘५ गतेदेखि सञ्चालित महोत्सवमा आज चौथो दिन नवीन पौडेलले जत्तिको माहोल कुनै कलाकारले तताएका थिएनन्, नवीन त स्टेजका किङ नै रहेछन् ।’ गायक पौडेलले समाजमा घटेका घटना परिघटना कुरिती कुसंस्कारका विरुद्व गीतमार्फत आवाज बुलन्द पार्ने गर्छन् ।

यसअघि के सम्झनु छ र जान्न मत त्यो घर, हरेक जातजाती, सत्य खान्छु कसम, आजै भेट भाको सिन्धुली आको म परेँ पाल्पाको, बुलाकी लाउँदिनौ झुम्काना लाउदिनौं, ए हजुर सुन्नु भाछ र, यस्तै हुन्छ भन्नेभा, दुखका दिन गए, नयाँ पार्टी खोल्छुलगायतका दर्जनौँ व्यवहारिक गीतले बजारमा अमिट छाप छोडिसकेका छन् ।

नवीनको एकल तथा दोहोरी प्रस्तुतीले महोत्सवको माहोल गुन्जायमान भएको थियो । दोहोरीमा सुमित्रा र नवीनको प्रस्तुती निक्कै रोचक थियो । गायक नवीन प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य एवं्म अन्तर्राष्ट्रिय कलाकार मन्च नेपाल च्याप्टरका उपाध्यक्ष समेत हुन् ।

कृषि पर्यटन, संस्कृतिको उत्थान प्रवर्धन र स्थानीय विकासको लागि आयोजना गरिएको महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुतीले महोत्सवको रौनक बढाएको छ । महोत्सब आगामी १५ गते सम्म सञ्चालित हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
५ किलो अफिमसहित ३ जना पक्राउ
५ किलो अफिमसहित ३ जना पक्राउ
मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…
मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
जाजरकोटमा शक्ति बस्नेत दोब्बर मतले अगाडि
जाजरकोटमा शक्ति बस्नेत दोब्बर मतले अगाडि

तपाईंले छुटाउनुभयो कि?