नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो सुविधा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो  सुविधा

सारांश

  • काठमाडौँ , १३ साउन।
  • प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गरेका छन् ।
  • त्यसअघि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले बीमा व्यवसायमा सबैको पहुँच पु¥याउनका लागि सरकारले बृहत्तर रुपमा कानूनको प्रबन्ध गर्न लागेको जानकारी दिए ।

काठमाडौँ , १३ साउन। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गरेका छन् । त्यसअघि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले बीमा व्यवसायमा सबैको पहुँच पु¥याउनका लागि सरकारले बृहत्तर रुपमा कानूनको प्रबन्ध गर्न लागेको जानकारी दिए । उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै ७० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क रुपमा रु एक लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको र सबै दायित्व सरकारले नै व्यहोर्ने गरी तयारी गरिएको बताए ।

बीमा व्यवसाय सीमित व्यक्तिको हातमा मात्रै नहोस् भन्नाका लागि धेरैभन्दा धेरै कम्पनी जरुरी रहेको, त्यसलाई नियमन गर्न कडा कानूनको जरुरी रहेको र फर्जी बीमा गर्नेलाई कानूनी कारवाही गर्न खोजिएको बताउँदै उनले बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी एवं मर्यादित बनाउन बीमा प्राधिकरणको परिकल्पना गरिएको र कम्पनीमा लैजान खोजिएको स्पष्ट पारे । कम्पनीमा लैजानेबित्तिकै निजीकरण गर्न खोजिएको भनेर गरिएको प्रचारसमेत गलत रहेको डा खतिवडाको प्रष्टोक्ति थियो ।

(madisonavenuemalls.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Niwas Gupta

    यो रकम कहिले पाईव्छ होला ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?