स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
१६ पटक हेरिएको
Shares
स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै

सारांश

  • काठमाडौं, १४ पुस ।
  • स्वर्गीय राजा वीरेन्द्रको आज ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
  • वि.

काठमाडौं, १४ पुस । स्वर्गीय राजा वीरेन्द्रको आज ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.स २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो ।

तत्कालिन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय रहेको छ ।

राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।

(https://nelsonjsalon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?