एमालेको स्थायी कमिटी बैठक बस्दै
सारांश
- काठमाडौं, जेठ २९ – नेकपा एमाले स्थायी कमिटीको बैठक सोमबार बस्दैछ ।
- दोश्रो चरणको चुनावको विषय नै बैठकको मुख्य एजेण्डा रहने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
- बैठकमा राजपाले चुनावमा भाग नलिने बताएपछिको अवस्था, प्रदेश नम्बर २ का महानगरपालिका उपमहानगरपालिकामा उम्मेदवार चयन, दोश्रो चरणको चुनावमा नेता कार्यकर्ताको परिचालन, विभिन्न दलबाट एमाले प्रवेश गरेका नेतालाई जिम्मेवारी दिने लगायत विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।
काठमाडौं, जेठ २९ – नेकपा एमाले स्थायी कमिटीको बैठक सोमबार बस्दैछ । दोश्रो चरणको चुनावको विषय नै बैठकको मुख्य एजेण्डा रहने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा राजपाले चुनावमा भाग नलिने बताएपछिको अवस्था, प्रदेश नम्बर २ का महानगरपालिका उपमहानगरपालिकामा उम्मेदवार चयन, दोश्रो चरणको चुनावमा नेता कार्यकर्ताको परिचालन, विभिन्न दलबाट एमाले प्रवेश गरेका नेतालाई जिम्मेवारी दिने लगायत विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । बैठक दिउँसो ३ बजेपछि एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया