नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
सारांश
- काठमाडौँ, १६ साउन ।
- नेपालले पहिलो एकदिवसिय खेलमा नेदरल्याण्ड विरुद्ध बलिङ गरिरहेको छ ।
- ३२ ओभरको खेल सकिँदा नेदरल्याण्डले ४ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।
काठमाडौँ, १६ साउन । नेपालले पहिलो एकदिवसिय खेलमा नेदरल्याण्ड विरुद्ध बलिङ गरिरहेको छ । ३२ ओभरको खेल सकिँदा नेदरल्याण्डले ४ विकेटको क्षतिमा १३५ रन बनाएको छ । भने कप्तान पारस खड्काले दुई विकेट लिएका छन् ।
सोमपाल कामीले आफ्नो दोस्रो ओभर मै विकेट निकाले पछि नेपालले राम्रो सुरुवात पायो । टिमको स्कोर ५ रहँदा पहिलो विकेट डिजे टेर बर्कको रुपमा गुमाएको नेदरल्याण्डलाई ८ औँ ओभरमा कप्तान पारस खड्काले अर्को झट्का दिए । टिमको स्कोर ५० हँुदा दोस्रो विकेटका रुपमा बेन कुपर व्यक्तिगत २० रनमा पारसको बलमा एलविडब्लु हुँदै पवेलियन फर्के । १७ औँ ओभरमा चौथो विकेटका रुपमा डब्लु बारेसी पारसको बलमा आरिफको हातबाट क्याच आउट हुनुभन्दा पहिले खतरनाक देखिएका स्टिफन माइवर्ग तेह्रौँ ओभरमा सन्दिपको बलमा एलविडब्लु भएका थिए । उनले ३२ बल खेल्दै २९ रन बनाएर आउट हुँदा टिमको स्कोर ५८ रन थियो ।
यतिबेला नेदरल्याण्डका ब्याट्सम्यान बस दे लिडा र माईकल रिपन ६५ रनको साझेदारी बनाएर खेलिरहेका छन् । लिडा २९ र रिपन व्यक्तिगत ३७ रनमा खेलिरहेका छन् ।
प्रतिक्रिया