तुइन तरेको एक सय रुपियाँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
३९ पटक हेरिएको
Shares
तुइन तरेको एक सय रुपियाँ

सारांश

  • काठमाडौँ, २४ पुस ।
  • सरकारले देशैभरबाट तुइन विस्थापित गर्ने घोषणा गरेको डेढ वर्ष पुगिसक्दा पनि हुम्लामा भने एक जना मानिसले तुइन तरेको शुल्क एक सय रुपियाँ तिर्नुपरेको छ ।
  • पैदलयात्रुले आउजाउ गर्नुपर्ने तर झोलुङ्गे पुलको व्यवस्था नभएपछि छोटो दूरीमा आउजाउ गर्न व्यक्तिले निर्माण गरेका तुइनहरू तर्नुपर्ने भएपछि यात्रुले सो शुल्क तिर्नु परेको हो ।

काठमाडौँ, २४ पुस । सरकारले देशैभरबाट तुइन विस्थापित गर्ने घोषणा गरेको डेढ वर्ष पुगिसक्दा पनि हुम्लामा भने एक जना मानिसले तुइन तरेको शुल्क एक सय रुपियाँ तिर्नुपरेको छ । पैदलयात्रुले आउजाउ गर्नुपर्ने तर झोलुङ्गे पुलको व्यवस्था नभएपछि छोटो दूरीमा आउजाउ गर्न व्यक्तिले निर्माण गरेका तुइनहरू तर्नुपर्ने भएपछि यात्रुले सो शुल्क तिर्नु परेको हो ।

खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडामा तुइन तरेको एक सय रुपियाँ शुल्क तिरेको यात्रु मनबहादुर फडेराले बताए । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पु सुनखाडा खण्डको बोक्चे गौडामा सडक निर्माणका क्रममा बाटो अवरुद्ध भएपछि पैदलयात्रु चर्को शुल्क तिरेर तुइन चढ्न बाध्य छन् । बोक्चे गौडामा असजिलो बाटो पार गर्न कठिन भएपछि स्थानीयले व्यक्तिगत रूपमा निर्माण गरेको तुइन तर्न पैसा तिर्नुपरेको छ ।

हुम्लामा कर्णाली नदीमा अहिले पनि आधा दर्जनभन्दा बढी स्थानमा तुइन तर्नुपर्ने अवस्था छ । तुइनमा एकातिर आर्थिक व्ययभार त छ नै अर्को्तिर ज्यानको जोखिम उत्तिकै मोलेर यात्रुले यात्रा गर्नु परिरहेको छ । अप्ठ्यारो बाटोमा जोखिम मोलेर हिँड्न नसकिने, घुमेर जान लामो बाटो हिँड्नुपर्ने भएपछि पैदलयात्रु बाध्य भएर पैसा तिरेर तुइन चढ्नुको अन्य विकल्प नभएको हो । सो तुइनमा दैनिक ठूलो सङ्ख्यामा यात्रुले तर्दै आएका छन् ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
नेपाललाई साताैँ सफलता, करन, साेमपाल, सागर पछि ललितले लिए विकेट !
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 30
हल्लमट्वाँट (हास्यब्याङग्य)
हल्लमट्वाँट (हास्यब्याङग्य)
पत्नी आरजुलार्इ राष्ट्रियसभामा मनोनित गर्ने प्रस्ताव किन ल्याए देउवाले ?
दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
बालकृष्ण ढुंगेल जेलमुक्त भए लगत्तै पेरिसडाँडा पुगे
बालकृष्ण ढुंगेल जेलमुक्त भए लगत्तै पेरिसडाँडा पुगे
सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड
सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड