काठमाडौंका मेयर विद्यासुन्दर अनुमति नलिएरै विदेश भ्रमणमा
सारांश
- काठमाडौं, १८ साउन ।
- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृति नलिएरै विदेश भ्रमण हानिएका छन् ।
- आजको कान्तिपुरले यो समाचार छापेको छ ।
काठमाडौं, १८ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृति नलिएरै विदेश भ्रमण हानिएका छन् । आजको कान्तिपुरले यो समाचार छापेको छ । उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् ।
संविधानको धारा ५९ (६) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहका पदाधिकारीले विदेश जाँदा सम्पर्क मन्त्रालयमार्फत कार्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्था छ । “जनप्रतिनिधि विदेश भ्रमणमा जाने गरेको अनौपचारिक जानकारीचाहिँ पाएका छौँ”, मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, “औपचारिक जानकारी दिने गरेका छैनन् ।”
प्रतिक्रिया
कुल कमेन्ट:
5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Limbu Man
भेना छदै छ नि!बालै फरर !
Hsejar Francu Gnamat
?
Ganesh Shakya
माैका अाउछ पर्खदैन । अब ३ बर्ष ९ महिना त हो नि लूटने ।
Ananda Bajracharya
जापानबाट फर्केर काठमाडौलाई टोकियो बनाउने होला।
Alok Basnet
Karbi ta aru lai huncha kp ko salo pota amirica pani gancha