जुम्लामा थपिए कैदीबन्दिसहित ३९ जना कोरोना सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १७, २०७७
|
|
३८ पटक हेरिएको
Shares
जुम्लामा थपिए कैदीबन्दिसहित ३९ जना कोरोना सङ्क्रमित

सारांश

  • जुम्ला कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ ।
  • समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो ।
  • जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए ।

जुम्ला कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो ।

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए ।

त्यसैगरी तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

थप ३९ सहित सक्रिय सङ्क्रमितको सङ्ख्या जुम्लामा ८७ पुगेको छ । डा रावलले भन्नुभयो, “धेरैजसो जुम्लाको चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले यहाँको सदरमुकाम खलङ्गा उच्च जोखिममा रहेको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ गरी ३२ जना डिस्चार्ज भएका छन् । जुम्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या १४१ पुगेको छ ।

सङ्क्रमितलाई पुनः परीक्षण गरिएन

स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई पुनः परीक्षण नै नगरी घर पठाउने गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेको नौ सङ्क्रमतिलाई पुनः परीक्षण नै नगरी १४ दिनपछि घर पठाइएको हो ।

चौध दिनपछि आइसोलेसनबाट घर पठाइएका व्यक्तिले पुनः परीक्षण नै नगरी प्रमाणपत्र हातमा थमाएर घर पठाइएको प्रतिक्रिया दिएका छन् ।

उनीहरु भन्छन्, “हामीलाई अब कोरोना सङ्क्रमण छ वा छैन कुनै जानकारी हुन सकेन ।” चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पिसीआर परीक्षण गर्नु पर्दैन भनेर निर्देशिका पठाएको प्रतिक्रिया दिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
६ वटामध्ये एउटा प्रदेशमा मात्रै माओवादीलाई सरकार बनाउन दिने एमालेको संकेत
६ वटामध्ये एउटा प्रदेशमा मात्रै माओवादीलाई सरकार बनाउन दिने एमालेको संकेत
ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
विमान दुर्घटनापछि हवाई यात्रु घटे
विमान दुर्घटनापछि हवाई यात्रु घटे
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’
‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’