पर्यटकीय होटलमा लगानी बढ्दो

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
४५ पटक हेरिएको
Shares
पर्यटकीय होटलमा लगानी बढ्दो

सारांश

  • चितवन, १९ साउन ,विभिन्न पेशा व्यवसाय गर्दै आएका यहाँका वासिन्दाको आकर्षण पर्यटन व्यवसाय भएको छ ।
  • सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका कारण पछिल्लो समय अन्य पेशा व्यवसाय गर्नेको लगानी पर्यटकीय होटलमा हुन थालेको हो ।
  • चिकित्सक, कानून व्यवसायी, प्राध्यापक, पत्रकार, कलाकार, इन्जिनियर, अडिटर, शिक्षक, कर्मचारी, राजनीतिज्ञलगायतका क्षेत्रमा रहेकाले आफ्नै नेतृत्व वा सामूहिक लगानीमा पर्यटकीय होटलमा लगानी गरेको पाइन्छ ।

चितवन, १९ साउन ,विभिन्न पेशा व्यवसाय गर्दै आएका यहाँका वासिन्दाको आकर्षण पर्यटन व्यवसाय भएको छ । सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका कारण पछिल्लो समय अन्य पेशा व्यवसाय गर्नेको लगानी पर्यटकीय होटलमा हुन थालेको हो ।

चिकित्सक, कानून व्यवसायी, प्राध्यापक, पत्रकार, कलाकार, इन्जिनियर, अडिटर, शिक्षक, कर्मचारी, राजनीतिज्ञलगायतका क्षेत्रमा रहेकाले आफ्नै नेतृत्व वा सामूहिक लगानीमा पर्यटकीय होटलमा लगानी गरेको पाइन्छ ।

निर्माण व्यवसायी, पोल्ट्री व्यवसायी, घरजग्गा व्यवसायी, यातायात व्यवसायी, गैरआवासीय नेपालीलगायतले पनि पर्यटकीय होटलमा लगानी गरेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे पछिल्लो समय विभिन्न पेशा र व्यवसायमा रहेकाले पर्यटन क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो रहेको बताउनुहुन्छ ।
जिल्लामा शिक्षा र स्वास्थ्यमा अग्रणी संस्थाको नेतृत्व गर्दै आउनुभएका इन्जिनियर बाबुराम उपाध्याय दुई ठूला होटलमा लगानी गरिरहेको बताउनुहुन्छ । भरतपुरमा बन्दै गरेको होटल सिराइचुलीका निर्देशक उपाध्याय निर्माणाधीन कविलास रिसोर्ट एण्ड फनपार्कको अध्यक्ष हुनुहुन्छ ।

शिक्षा र स्वास्थ्यको विकल्पका रुपमा पर्यटन व्यवसायमा लगानी गरेको उपाध्यायको भनाइ छ ।
पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलीप मैनाली पर्यटन क्षेत्रमा विश्वव्यापीरूपमा तरंग पैदा भएसँगै विभिन्न पेशा व्यवसायबाट यसमा लगानी गर्नेको संख्या बढेको बताउनुहुन्छ । उहाँले अबको उद्योग पर्यटन उद्योग हो भन्ने भावनाको जागरण बढेको बताउनुभयो ।

साना ठूला बैठक, वार्षिकोत्सव, अधिवेशन हुँदै विभिन्न चाडपर्वमा इष्टमित्र, साथीभाइ र कर्मचारीबीचमा होटलमा बसेर खाजा खाना खाने चलन पनि बढेर गएको छ । विदेशीसँगै आन्तरिक पर्यटक घुमफिर गर्न आउने प्रचलन पनि बढ्दो छ । जसका कारण सञ्चालनमा रहेका होटलले राम्रो व्यवसाय गरेका छन् ।

होटल सिराइचुलीका अध्यक्ष चुडामणि खनाल शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनिएको व्यक्ति हुनुहुन्छ । उहाँकै नेतृत्वमा सिराइचुली बन्दै छ भने उहाँसहितको समूहले अरु दुई ठूला होटल बनाउँदैछ । अरु क्षेत्रमा भन्दा होटल क्षेत्रमा सरकारको दृष्टिकोण स्पष्ट रहेका कारण यस क्षेत्रमा लगानी सुरक्षित हुने उहाँ बताउनुहुन्छ ।

झण्डै दुई दशक क्रियाशील पत्रकारिता गरिसक्नुभएका वसन्त पराजुली गैंडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक हुनुहुन्छ । अर्काे होटल पनि उहाँको समूहले बनाउँदैछ । पराजुली आर्थिक विकास र समृद्धिको लक्ष्य पूरा गर्न र दीर्घकालीन प्रतिफल दिन पर्यटन व्यवसायले नै सक्ने भएकाले आफू यस क्षेत्रमा लागेको बताउनुहुन्छ ।

होटल क्षेत्रमा लगानी गर्नुभएका राजनीतिज्ञ एवं प्राध्यापक जगन्नाथ थपलिया देशमा राजनीतिक स्थायित्व भएसँगै पर्यटन व्यवसायको भविष्य देखेर यसतर्फ लगानी गर्न विभिन्न पेशा व्यवसाय गरेकाहरू आकर्षित भएको बताउनुहुन्छ । जिल्लामा सुविधासम्पन्न होटल मटेलहरू बनिनसकेकाले अन्य पेशा व्यवसाय गरेकाले सामाजिक उत्तरदायित्वको भावना लिएर पनि यस क्षेत्रमा लगानी गरेको थपलिया बताउनुहुन्छ ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा ठिमुरा रिभरसाइड रिसोर्ट बनाउँदै आउनुभएकी डा विष्णुमाया (बिएम) खरेल लगानीमा जोखिम कम हुने भएकाले होटल क्षेत्रमा लगानी गरेको बताउनुहुन्छ । खरेल दम्पत्तिले भरतपुरमा एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालन गर्दै आउनुभएको छ । होटल क्षेत्रमा पनि लगानी गर्नुभएका दन्तरोग विशेषज्ञ डा अजय न्यौपाने नेपालमा पर्यटन व्यवसायको भविष्य उज्ज्वल रहेको बताउनुहुन्छ ।

तेस्रो पर्यटकीय गन्तव्य चितवनमा विगत केही वर्ष जग्गा व्यवसाय फस्टाएको थियो । त्यतिबेला विभिन्न पेशाका व्यक्तिले राम्रो आम्दानी पनि गरेका थिए । सो रकम पनि अहिले होटल व्यवसायमा लगानी भएको छ ।

चितवन र नवलपुर क्षेत्रमा १५० पर्यटकीय होटल रहेका छन् । जसमध्ये ११० सौराहामा छन् । होटल व्यवसायमा १५ अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । यहाँका थारु संस्कृति हेर्न, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, पवित्र तीर्थस्थल देवघाट, सिराइचुलीलगायतका पर्यटकीय ठाउँ घुम्नका लागि यहाँ बर्सेनि दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली
लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली
आइफोनको अहिलेसम्मकै सस्तो फोन सार्वजनिक हुँदै
आइफोनको अहिलेसम्मकै सस्तो फोन सार्वजनिक हुँदै
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
सामुदायिक वनमा  वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..
सामुदायिक वनमा वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..
न्याय परिषद् बैठकः रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस
न्याय परिषद् बैठकः रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
गमला बनाएर मासिक ५० हजार कमाई
गमला बनाएर मासिक ५० हजार कमाई
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)