पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १, २०७६
|
|
३० पटक हेरिएको
Shares
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते

सारांश

  • १ माघ ।
  • पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।
  • घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

१ माघ । पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् । देशको निलम उपत्यकामा सवै भन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । हराईरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए। उनले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताए।

काश्मिरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाई छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ ।

उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यसपटकको विपद् निकै घातक भएको छ । खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइरल झाँक्री भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
भाइरल झाँक्री भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
प्रधानमन्त्री ओलीको लिखित जवाफ : मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ (पूर्णपाठ)
सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
बृहत् गुरुयोजनाको खाका तयार
बृहत् गुरुयोजनाको खाका तयार
मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी
पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी
यी हुन जाडाेका फाइदै फाइदा, न नुहाउन पर्ने, न दुब्लाउन !
यी हुन जाडाेका फाइदै फाइदा, न नुहाउन पर्ने, न दुब्लाउन !
शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्
शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
डा गोविन्द केसी चन्दननाथमा अनशन बस्ने
डा गोविन्द केसी चन्दननाथमा अनशन बस्ने

तपाईंले छुटाउनुभयो कि?