बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”

सारांश

  • काठमाडौं, २० साउन ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता बामदेव गौतमले आफ्ना लागि १ दर्जन सांसद राजीनामा गर्न तयार भएको बताएका छन् ।
  • नेपाल साप्ताहिकमा अन्तर्वार्ता दिँदै गौतमले भनेका छन्, “डोल्पा निश्चित भइसकेको छैन ।

काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता बामदेव गौतमले आफ्ना लागि १ दर्जन सांसद राजीनामा गर्न तयार भएको बताएका छन् । नेपाल साप्ताहिकमा अन्तर्वार्ता दिँदै गौतमले भनेका छन्, “डोल्पा निश्चित भइसकेको छैन । मेरा लागि ठाउँ छाड्न दर्जन सांसद तयार छन् ।”

देशभर प्रचण्ड वाम लहर चलेको बेलामा पनि चुनाव हारेका नेता वामदेव गौतम चोरबाटोबाट संसद छिर्ने रणनीतिमा छन् । डोल्पाका जननिर्वाचित सांसद धनबहादुर बुढालाई बलिको बोको बनाएर चोरबाटोको प्रयोग गर्दै उपनिर्वाचनको नाटक गरेर संसद छिर्ने उनको पहिलो दाउँ छ । डोल्पाका सांसदमात्र होइन दर्जन सांसद आफ्ना लागि ठाउँ छोड्न तयार रहेको उनको दावी छ । उनले आफूले चुनाव नहारेको तर मतदाताहरु सूर्य र हँसिया हथौडामा झुक्किएर कांग्रेसका सञ्जय गौतमले जितेको तर्क झिकेका छन् ।

संसदमा आफूजस्तो नेता कोही पनि नभएको बताउँदै उनले प्रश्न सोधेका छन्, “संसदलाई दिशा दिनसक्ने, सबैलाई मिलाएर हिड्ने मजस्तो नेता को छ ?” उनले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने, संविधान लेख्ने, एमालेलाई गणतन्त्रमा ल्याउने सबै आफैले गरेको दावी गरेका छन् ।

उनले आफू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै भनेका छन्, “म प्रधानमन्त्री र अध्यक्ष बन्न हुनुहुन्न भन्ने कहीँ छ ? मेरा सबै समकक्षी प्रधानमन्त्री भइसके । प्रचण्डले संसदमै मैले अझै एक जनालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न बाँकी छ भन्नुभो । केपी कमरेडले कैयौँपटक अब वामदेवको पालो भन्नुभएको छ । तर, यो पाँच बर्ष सम्भावना छैन । एउटै प्रधानमन्त्रीले पूरै कार्यकाल चलाउने तय भइसकेको छ ।” गुटको विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, “अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन । माधवजी (माधवकुमार नेपाल) दुबैलाई खुसी बनएर खुसी हुनुहुन्छ । सबैलाई थाहा छ, म गुटबन्दी गर्दिनँ । प्रचण्डसँग पुरानो दोस्ती हो, पार्टी एकतापछि गाढा भयो । पूर्वएमालेसँग दोस्ती छँदैछ ।”

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Niranjan Khanal

    सभासद भएर कमाउने तलबभत्ता भन्दा चार गुणा बढि पाए झन्झट किन ब्यहोर्नु भनि छाडने होलान नि त

    Comment Author

    Yogendra Bikram Adhikari

    Haawaa

    Comment Author

    Umesh Ojha

    हावा कुरा ! !

    Comment Author

    Yam Khadka

    ५बष जनताको सेबा गर त्यस पछी सॉसद बन भनेर जनताले म्यनडेट दियको कुरा भुलेर कोही कसैलाई बलीको बोका नबनाउ

    Comment Author

    Narbahadur Gharti

    सांसदले छोड्नलाई तयार होलान् तर जनताले तिमीलाई छोडीसकेकाछन् कारण तिमीलाई नै धेरै थाहाहोला हामीलाई भन्दा

    Comment Author

    Rai Man

    Ramrai bhaechha badhai chha baaje

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?