‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
सारांश
- जनकपुर, ६ जेठ ।
- जनकपुरमा १ जनाले सुसाइड नाेट लेखेर अात्म हत्या गरेका छन ।
- जनकपुर उपमहानगरपलिका १५ का १५ वर्षीय धिरेन्द्र शाहले अात्महत्या गरेका हुन ।
जनकपुर, ६ जेठ । जनकपुरमा १ जनाले सुसाइड नाेट लेखेर अात्म हत्या गरेका छन ।
जनकपुर उपमहानगरपलिका १५ का १५ वर्षीय धिरेन्द्र शाहले अात्महत्या गरेका हुन ।
‘म मर्न गइरहेको छु, यसको कुनै कारण छैन, यो मेरो व्यक्तिगत समस्या हो, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ भानुचोकस्थित मिथिला मन्टेश्वरी आवासीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक किशोरले आत्महत्या गर्नुअघि अंग्रेजीबाट लेखेको सुसाइड नोट हो ।

जनकपुर उपमहानगरपालिका–१५ का १५ वर्षीय धिरेन्द्र साहले आइतबार बिहान आत्महत्या गरेका छन् । हस्ताक्षर गरेर लेखेको सुसाइड नोटमा उनले आफ्नो निजि कारणले मर्न लागेको उल्लेख गरेका छन् ।
प्रहरीकानुसार होस्टलमै बस्दै आएका धीरेन्द्र कोठामै झुण्डिएको अवस्थामा फेला परेका हुन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया