आज योमरी पूर्णिमा र धान्य पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३०, २०८१
|
|
३६ पटक हेरिएको
Shares
आज योमरी पूर्णिमा र धान्य पर्व मनाइँदै

सारांश

  • काठमाडौं।
  • नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।
  • मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ।

काठमाडौं। नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ।

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा

आजैका धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ। मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ।

यसअघि नवान्नप्राशन नगरेकाले आजै गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
कर्मचारीमा सङ्क्रमण पुष्टिपछि बैंक बन्द
कर्मचारीमा सङ्क्रमण पुष्टिपछि बैंक बन्द
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
इङवा हाइड्रोपावरको आइपीओ भर्ने म्याद आइतबारसम्म थप
इङवा हाइड्रोपावरको आइपीओ भर्ने म्याद आइतबारसम्म थप
संशोधन विधेयकमा आजदेखि छलफल, सोमबार पारित गरिने
संशोधन विधेयकमा आजदेखि छलफल, सोमबार पारित गरिने
३३ किलो सुन काण्डका आरोपित छाड्ने मुख्य न्यायाधीशलाई कार्वाहीस्वरुप तानियो, छानबिन गर्न समिति गठन
३३ किलो सुन काण्डका आरोपित छाड्ने मुख्य न्यायाधीशलाई कार्वाहीस्वरुप तानियो, छानबिन गर्न समिति गठन
कांग्रेस सभापति देउवाको आँकलन, ‘चुनाव जित्न अनुशासन चाहिन्छ’
कांग्रेस सभापति देउवाको आँकलन, ‘चुनाव जित्न अनुशासन चाहिन्छ’
निर्मला हत्याको ५१औं दिन, देशभर न्याय मागिँदै
निर्मला हत्याको ५१औं दिन, देशभर न्याय मागिँदै

तपाईंले छुटाउनुभयो कि?