जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
सारांश
- काठमाडौं, २१ साउन ।
- प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी अगाडि बडेको छ ।
- नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ ।
काठमाडौं, २१ साउन । प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी अगाडि बडेको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका थिए । उनी अस्वीकृत भएपछि परिषदको बैठक बस्न लागेको हो ।
नयाँ प्रधानन्यायाधीशको लागि न्यायपरिषदले सर्वोच्च अदालतका स्थायी न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संवैधानिक परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा रहने गर्छ । परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने प्रावधान छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ganesh Shakya
om prakash mishra
Paudel Laxman
Aba voli sere le k bolne ho meeting ma najane Po ho ki
Ajit Sharma
नेपाल मा डुब्ने सुर्य लाई कस्ले अर्घ दिन्छ,गाेपाल लाई हटाए अाफै प्रमुख हुने लाेभ मा जाेसी जी न माया मिलि न राम
अब बैठाे घर
साेंच बैकुण्ठ धाम