रणबीर अगाडी, दुई खान पछाडी !
सारांश
- रणबीर कपूर अभिनित चलचित्र सन्जुले यतिबेला बक्स अफिसमा भयंकर कमाई गरिरहेको छ ।
- राजकुमार हिरानीद्वारा निर्मित चलचित्र सन्जु निकै मन पराईंदैछ ।
- चलचित्रले अहिलेसम्म बक्स अफिसमा ३३७ करोडको आँकडा पार गरिसकेको छ ।
रणबीर कपूर अभिनित चलचित्र सन्जुले यतिबेला बक्स अफिसमा भयंकर कमाई गरिरहेको छ । राजकुमार हिरानीद्वारा निर्मित चलचित्र सन्जु निकै मन पराईंदैछ ।

चलचित्रले अहिलेसम्म बक्स अफिसमा ३३७ करोडको आँकडा पार गरिसकेको छ । र यसै हप्ता सलमान खानको टाईगर जिन्दा हे र आमिर खानको पिकेको रेकर्ड तोड्दैछ । यी दुई फिल्मले क्रमश ३३९.१६ र ३३९.५० करोड कमाएको थियो । यी दुई फिल्मलाई पछि पारे लगत्तै सन्जु बलिउडको सबैभन्दा बढी कमाउने फिल्मको सुचिमा दोस्रो नम्बरमा आउनेछ । पहिलोमा आमिर खानको दंगल रहेको छ, जसले ३८७ करोडको व्यापार गरेको थियो ।

यतिबेला सन्जु बलिउडको सबैभन्दा बढी कमाउने सिनेमाको सूचिम चौथो नम्बरमा छ, छिटै दोस्रोमा जाने पनि पक्का छ जुन रणबीर कपूरका लागि निकै खुशीको कुरा हुनेछ । खासमा यो कुनै पनि खान सम्मिलित नभएको दोस्रो फिल्म हो जसले ३०० करोडको आँकडा पार ग¥यो । यसअघि पद्मावतले ३०० करोड क्लबमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया